सन्दिपको राम्रो बलिंगका बाबजुद दुर्भाग्यपूर्ण तरिकाले टोरोन्टो डीएल मेथडमा २ रनले पराजित

टोरोन्टो नेसनललाई २ रनले ( डीएल मेथड ) पराजित गर्दै विन्नीपेग हक्स ग्लोबल टि-२० क्यानडाको दोश्रो क्वालीफायरमा प्रवेश गरेको छ। भोलि हुने दोश्रो क्वालीफायरमा विन्नीपेगले फाइनल प्रवेशको लागि ब्राम्पटन वुल्भ्सको सामना गर्नेछ।

यस अघि पहिलो क्वालीफायरमा कोलिन मुनरो कप्तानीको ब्राम्पटन वुल्भ्सलाई ७७ रनले ( डीएल मेथड) पराजित गर्दै शोयब मालिक कप्तानीको भानकुभर नाइट्स फाइनल प्रवेश गरिसकेको छ।

रोमान्चक खेलमा पहिले ब्याटिंग गर्दै टोरोन्टोले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा १७.१ ओभरमा विन्नीपेगले ५ विकेट गुमाएर २०१ रन बनाएको थियो। यही अवस्थामा मैदानमा प्रकासको अवस्था निकै कम हुँदा खेल रोकिन पुग्यो। मैदान अन्धकारको अवस्थामै त्यही रहेपछि अम्पायरले खेलाडीको सुरक्षालाई ध्यान दिंदै खेल निरन्तरता दिएनन् र डीएल मेथडमा दुर्भाग्यपूर्ण तरिकाले २ रनले विन्नीपेग विजयी हुन पुग्यो।

डुमिनिको उत्कृस्ट ब्याटिंग 

लक्ष्य पछ्याउने क्रममा विन्नीपेगको सुरुवात राम्रो हुन सकेन। शैमन अनवर ५ , उमर अकमल १ तथा क्रिस लिन २१ रन बनाएर आउट हुड्ना ४ ओभरमा स्कोर ४९/३ पुग्यो। अकमललाई दोश्रो ओभरको पहिलो बलमै सन्दिपले स्टम्प आउट गराए।

त्यसपछि दक्षिण अफ्रिकी क्रिकेटर जेपी डुमिनिले चौथो नम्बरमा आएर उत्कृस्ट इनिंग खेले। उनले चौथो विकेटको लागि सन्नी सोहलसंग ९० रनको साझेदारी गरे। सोहललाई १३ औं ओभरमा सन्दिपले क्याच आउट गराउदै साझेदारी तोड्दै टोरोन्टोलाई खेलमा फर्काएका थिए। लगत्तै हेम्जा तारिक ५ रन बनाएर पोलार्डको बलमा आउट भए।

JP Duminy

१४ औं ओभरमा १४६/५ हुँदा टोरोन्टो खेलमा हावी हुनसक्ने देखिएको थियो तर डुमिनिले त्यसपछि कप्तान रायद इमरितसंग साझेदारी गर्दै टिमलाई जिततिर डोर्याए।

१७.१ ओभरमा खराब प्रकासले खेल रोकिन पुग्यो। डीएल मेथडमा ३ रनले विन्नीपेग अघि रहेको थियो। १७ औं ओभरमा रायड इमरिटले क्रिस ग्रिनको एकै ओभरमा २ छक्का र १ चौका मदतले १८ रन बनाए। सोहि ओभरको कारण विन्नीपेग विजयी हुन पुग्यो। खेल पछि अन्तर्वार्ता क्रममा उनले प्रकास कम हुँदै गइरहेकोले रन रेट बढाउन त्यसरी ब्याटिंग गरेको बताए।

खेलको प्लेयर अफ द म्याच समेत चुनिन पुगेका जेपी डुमिनिले अविजित ८५ रन बनाउन ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। ईमरिटले अविजित ३२ रन बनाउन १५ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

टोरोन्टोको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट ( ४-०-३४-२ ) लिए भने जेरेमि गोर्डन, क्रिस ग्रिन र काइरन पोलार्डले १/१ विकेट लिए।

कलासेनको शतक 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा टोरोन्टोले २० ओभरमा ५ विकेट गुमाएर २३८ रनको ठुलो योगफल तयार गरेको थियो।

हेनरिच क्लासेनले अविजित १०६ रन बनाउने क्रममा ४९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे। यस्तै ओपनर रोडरिगो थोमसले ४० बलमा ७ चौका र ५ छक्का मदतले ७३ रन बनाए। दोश्रो विकेटको लागि थोमस र क्लासेनले १०.२ ओभरमा १३७ रनको साझेदारी गरेका थिए।

विन्नीपेगको लागि बलिंगमा मोमम्मद इरफान र कालिम सानाले २/२ विकेट लिए। विन्नीपेग कप्तान रायड इमरितले ४ ओभरमा ५१ रन खर्चेर पनि विकेट विहिन रहे।

खेलमा सोमपाल कामिले भने अन्तिम-११ मा मौका पाएनन्।

यस्तो रह्यो सन्दिपको ४ ओभर 

सन्दिपको पहिलो ओभर – १३ रन , १ विकेट ( विकेट , ४ १ ४ ४ ० )

खेलको तेश्रो ओभरमै बलिंग गर्न आएका सन्दिपले ओभरको पहिलो बलमै उमर अकमलको ठुलो विकेट लिए। पाकिस्तान क्रिकेटर अकमल ठुलो सट खेल्ने चक्करमा अघि बढ्दै गर्दा सन्दिपको लेग स्पिनमा स्टम्प आउट हुन् पुगे। त्यसपछि भने सन्दिपलाई जेपी डुमिनिले १ चौका र क्रिस लिनले २ चौका प्रहार गरे।

सन्दिपको दोश्रो ओभर –  ८ रन ( ० १ १ १ ४ १ )

पावरप्लेमा पहिलो ओभर गरे पछि सन्दिप दोश्रो ओभर गर्न आठौँ ओभरमा आए। ओभरको पाँचौ बलमा डुमिनीले सन्दिपको लो-फुल टसलाई डिप मिड विकेटमा चौका प्रहार गरे। अन्य बलमा भने सन्दिपलाई बाउन्ड्री प्रहार गर्न सकेनन्।

सन्दिपको तेश्रो ओभर – ९ रन ( ० १ १ ० १ ६ )

ओभरको पहिलो ५ बलमा बाँधेर राखे पनि सन्दिपलाई अन्तिम बलमा डुमिनिले एक्स्ट्रा कभर माथि छक्का हिर्काए।

सन्दिपको चौथो ओभर – ४ रन , १ विकेट ( ० २ ० विकेट १ १ )

चौथो ओभरमा स्पेलकै उत्कृस्ट गर्ने क्रममा सन्दिपले सन्नी सोहाललाई ओभरको चौथो बलमा क्रिस ग्रिनबाट लंग अफमा क्याच आउट गराए। स्लग स्विप गर्ने क्रममा सोहल ३६ रन बनाएर सन्दिपको दोश्रो शिकार बने। ओभरमा सन्दिपले सबैभन्दा किफायती बलिंग गर्दै मात्र ४ रन खर्चिए।

४ ओभर बलिंग गर्दा सन्दिपले ३४ रन खर्चेर २ विकेट लिए। यस क्रममा २ उमर अकमल र सन्नी सोहलको विकेट लिंदा सन्दिपको बलमा १ छक्का र ४ चौका प्रहार भयो। ठुलो योगफलको खेलमा सन्दिपको बलिंग राम्रो रह्यो।





थप समाचार

एनपीएल : काठमाडौँसँग हारसंगै पहिलो चरणबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले […]

एनपीएल : ५१ रनमै जनकपुर बोल्ट्स समेटियो, सुदूरपश्चिम शिर्षमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको टिम जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको […]

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]