“सके माया गर्नुस, सक्नुहुन्न भने टार्गेट गरेर खेलाडीलाई सोसल मिडियामा गालि पनि नगर्नुस्।” कप्तान ज्ञानेन्द्र मल्ल

नेपालको ओमान भ्रमणमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोलि ओमान बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गरेपछि कप्तान ज्ञानेन्द्र मल्लले मिडियासंग गरेको कुराकानी।

ओमान बिरुद्ध नेपालको प्रदर्शन कस्तो रह्यो ? “हामीले बलिंग राम्रो गर्यौं, १२० मै रोक्न सक्यौं। करनले जसरि सुरुवात गर्यो र पछिल्लो दुईखेलपछि पुनरागमन गर्यो। सोमपालले विकेट नलिए पनि उनीहरुले समरो सुरुवात गरे। त्यो दबाबले गर्दा सन्दिपलाई राम्रो भयो र सन्दिपले विकट निकालेपछि मलाई लाग्छ उनीहरुलाई प्रेसर झेल्न गाह्रो भो।”

ओमानसंग लगातार हारमा पूर्णविराम लागेको छ यसले आगामी दिनमा कस्तो आत्मविश्वास दिएको छ ?

आत्मविश्वास दिएको छ र आत्मविश्वास लिएर हिड्न पर्छ किनकि हामि जित्न आएका हौँ। हामीले बलिंग, ब्याटिंगमा निरन्तरता दिनु पर्छ। यो कुरामा हामीले काम गर्नुपर्छ र होमवर्क गर्नु जरुरि छ। किनकि एउटा मात्र खेल जितेर हुँदैन यो लिगमा पुनः यो भन्दा कठिन प्रतिद्वन्द्वी आउँछ। त्यसैले यतिले पुग्छ जस्तो लाग्दैन।

तपाईले आफ्नो ठाउँ परिवर्तन भएर प्रदर्शन गर्न नसक्नु भएको हो ? ओपनिंग भन्दा तेश्रो नम्बरमा प्रदर्शन राम्रो भएको हो ? अन्तिम दुई खेलमा तपाईले अर्धशतक पनि बनाउनु भयो ? 

टिमको आवस्यकताको कुरा हो। टिमले जे डीमान्ड गर्छ ओपनिंग र फस्ट डाउननै किन नहोस्। ओपनिंगमा फाउन्डेसन दिन प्रयास गरिरहेको थिएँ। यो सिरिजमा पनि मैले सोचे जस्तो अझ राम्रो गर्न सकिन। मैले त्यो सुरुवातहरुलाई अझ अगाडी बढाउनु पर्छ तर मैले आफुलाई टिमको आवस्यकता अनुसार अघि लैजानु पर्छ जस्तो लाग्छ।

आज तपाईं छिटो खेलीरहनु भएको थियो नि, स्वतन्त्र भएर ?  सुरुवात देखि बल आइरहेको थियो र लागि रहेको थियो र त्यसैलाई निरन्तरता दिएको हो। त्यही फ्लो निरन्तरता दिएको हो। लो स्कोर हुँदा चाडै सकाउनु पनि टिमको नेट रनरेटको लागि फाइदा हुन्छ।

नेपाली टिम अब युवा पिडिमा स्थानान्तरण भएको हो ? सधैं हामि पनि खेलीरहन सक्दैनौ। पुस्ता हस्तान्तरण हुँदा राम्रो तरिकाले हुनुपर्छ। जसरि हामीले २-३ वर्ष देखि ग्रुम गरिरहेका थियौं त्यसले काम गरिरहेको छ। उनीहरु आइरहेको देख्दा राम्रो पनि लाग्छ र त्यो सकारात्मक साइड पनि हो।

तपाईले नेपालले राम्रो गर्दा पनि जस नपाउनु भएको हो, तपाईको सधै आलोचना किन हुने गर्छ ? 

मलाई व्यक्तिगत रुपमा थाहा छैन मेरो व्यक्तिगत दुश्मनी के हो। मैले खोसेर ल्याएको जस्तो, कहींबाट डाँकु भएर आएको जस्तो। त्यस्तो वहाँहरुलाई लाग्न सक्छ। जहिले पनि राम्रो गर्न आउने हो जसमा म, मेरो परिवार र सबै कुरा जोडिएको हुन्छ। कहिले काहीं दुख पनि लाग्छ। जुन बेला हामीलाई आवस्यकता हुन्छ त्यस्तो नभएको देख्दा खिन्न लाग्छ। मलाई मात्र हैन धेरै खेलाडीहरुलाई टार्गेट भैरहेको देख्छु, सुन्छु म, काम छैन भन्छन्। मेरो विचारमा वहाँहरुले सपोर्ट गर्नु पर्छ, सधै जित्नेनै सोच हुन्छ तर कहिले काहीं हुँदैन। यो स्तरको क्रिकेट हामी कम खेल्छौं। कति खेलाडीहरुलाई दबाब पनि हुन्छ त्यसमा समर्थन हुनु पर्नेमा आलोचना हुँदा कतिजनालाई अफ्टेरो पनि हुन्छ। त्यस्तो गर्दा मलाई पराउनु हुन्न, नेसनल भिलेनको रुपमा हेर्नुहुन्छ भने म माईन्ड गर्दिन। मेरो सोच भनेको टिमलाई कसरि राम्रो गर्न सकिन्छ भन्ने हो। सके माया गर्नुस नत्र सक्नुहुन् भने टार्गेट गरेर कुनै पनि खेलाडीलाई सोसल मिडियामा गालि पनि नगर्नुस्।

यसले गर्दा खेलाडीलाई कस्तो असर पर्छ ?  अहिले मलाई अलिकति व्यक्तिगतनै भए जस्तो महसुस हुन्छ। मैले कहिले पनि मेरो परिवारलाई यस्तो कुरामा संलग्न गरेको छैन। तर, अस्ति श्रीमतीले ‘सोसल मिडिया नहेर है, हेरेको छ कि छैन’ भन्दा नराम्रो लाग्यो। किन भने हाम्रो क्रिकेटको बारेमा कुरै हुँदैन, उसलाई पनि त्यति धेरै असर गरेको रैछ। यो कुरा हामीले सिरियसलि लिनु पर्छ। सबै राम्रो गर्न आउने हो , सबैले आफ्नो काम गर्ने हो र आफ्नो काम गर्दा त्यसरी प्रेसर दिनु हुन्छ भने तपाई के गर्नु हुन्छ ? त्यो पनि आफ्नो बारेमा सोच्नु पर्छ।

हाम्रो टिममा सन्तुलन नभएको हो ? टिम व्यवस्थापन भित्र केहि समस्याहरु छ ? 

अन्तरिक कुरा हुन्छ नहुने हैन, सफा त कसैको पनि हुन्छ जस्तो लाग्दैन। व्यस्थापनमा कमजोरी भैरहेको हुन्छ, नहुने हैन। तर हाम्रो मुख्य काम भनेको खेल्ने हो। खेल्न आए पछि खेलमै फोकस गर्छौं। सबै जना टिमको हिसाबले एउटै उद्देश्य लिएर अघि बढीरहेका छौँ। सबैले एउटै नाम सुन्ने र खेलाडीहरु देख्ने भएको भएर त्यस्तो भएको हुन सक्छ। फरक खेलाडीहरु आएको भएर जेल अप हुन पनि समय लाग्छ। व्यवस्थापनमा छन् त्यस्तो कुराहरु त्यो कुराहरु क्यानबाटनै हुनु पर्छ। मैले जहिले देखि क्रिकेट खेले यस्तो समस्याहरुमा युजटुनै भैसके। जे पनि हुन्छ पर्दा पछाडी हुन्छ।

हामीले यो प्रतियोगिताबाट लिएर जाने सकारात्मक कुराहरु के हो ? 

हाम्रो युवा खेलाडीहरु, ओपनिंग साझेदारी , रोहित र गुल्सन जसरि आएको छ र केटाहरुको वर्क इथिक हर्ने हो भने मलाई लाग्छ यो स्तरमा हामीले चाहेको खेलाडीहरुको क्यारेक्टर विस्तारै विकास हुँदै गएको छ जस्तो लाग्छ। यसलाई निरन्तरता दिने हो भने अझै राम्रो हुन्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy