डिपीएलको मस्ट भ्यालुएबल प्लेयरलाई ‘सुनको जुत्ता’

Subash Shahi
  • विकेटनेपाल, चैत- ११ चैत

यही चैत १७ गते देखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग ‘डीपीएल’ को मस्ट भ्यालुएबल प्लेयरले नेपाली क्रिकेट इतिहासमै पहिलो पटक गोल्डेन बुट पुरस्कार पाउने भएका छन्।

राजधानीमा आइतबार भएको पत्रकार सम्मेलनमा किरन सुज म्यानुफ्याक्चरर्सको गोल्ड स्टार सुज प्रतियोगिताको अधिकारिक  फुटवेयर पार्टनरको रुपमा रहने सम्झौता गरिएको छ। प्रायोजन बापत गोल्डस्टारले १६ लाख रुपैयाँ प्रायोजन गर्नेछ जसमा ९ लाख नगद र बाँकी अन्य सहयोग सहयोगको रुपमा रहनेछ। सम्झौता पत्रमा डिपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही तथा किरन सुज म्यानुफ्याक्चरकि प्रमुख विदुषी राणाले हस्ताक्षर गर्नु भएको हो।

डीपीएलको उत्कृस्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने ‘मस्ट भ्यालुएबल प्लेयर छुट्टै विधा हो जसले गोल्डस्टारको तर्फबाट गोल्डेन बुट प्राप्त गर्नेछ।

मस्ट भ्यालुएबल प्लेयरको चयन कसरि गर्ने भने आयोजकले बताएको छैन। विकेटनेपाल बिशेष श्रोतबाट प्राप्त जानकारी अनुसार प्रदर्शन तथा दर्शकको भोटिंगको आधारमा यसको चयन गरिनेछ। गोल्डेन बुट पूर्णत सुनको भने हुनेछैन। चांदीको जुत्तामा सुनको प्लेट लगाइएको हुनेछ।

डीपीएलको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ। चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेनसको सामना गर्ने छ। खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ।

केहिदिन अघि मात्र आईसीसीबाट मान्यता प्राप्त गरेको दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगितामा खेलाडी छनौट गर्नका लागि गत महिना सम्पन्न अक्सन मार्फत सम्पन्न बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बनेका थिए। बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्। अक्सनमा ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुने र अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्ने नियम थियो।





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]