आईपीएल अक्सन : चेन्नाईले रेकर्ड मूल्यमा भित्र्यायो गोथमलाई

भारतको चेन्नाईमा जारि आईपीएल मिनी अक्सनमा बलिंग अलराउण्डर क्रिश्नप्पा गोथम रेकर्ड मूल्यमा बिक्रि भएका छन्।

गत सिजन पन्जाबको प्रतिनिधित्व गरेका ३२ वर्षीय अफस्पिन अलराउण्डर गोथमलाई पन्जाबले रिलिज गरेपछि यो सिजन चेन्नाई सुपर किंग्सले ९.२५ करोड भारु खर्चदै भित्र्याएको हो। गोथम अफस्पिन बलिंग संगै आक्रामक ब्याटिंग गर्नको लागि पनि चिनिने गर्छन।

आईपीएल इतिहासमा भारतीय राष्ट्रिय टिमको लागि नखेलेका अनक्याप्ड खेलाडीले पाएको योनै सर्वाधिक मूल्य हो। यस अघि सन् २०१८ को अक्सनमा मुम्बई इन्डीएन्सले क्रुनाल पान्ड्यालाई ८.८० करोड भारु खर्चेर भित्र्याएको थियो।

मात्र २० लाख बेस प्राइस राखेका गोथमलाई टिममा लिन सुरुवातमा कोलकाता र सनराइजर्स हैदरावादले बोलि लगाएको थियो। कोलकाताले ७.२५ करोड तथा हैदरावादले ७.५० करोड भारु बोलि लगाएपछि चेन्नाई ७.७५ करोड भारु बोलि लगाउदै प्रवेश गरेको थिय। त्यसपछि हैदरावाद र चेन्नाईले बोलि बढाबढ गरेका थिए। हैदरावादले ९ करोड भारु बोलि लगाएपछि चेन्नाईले ९.२५ करोड भारु बोलि लगाउदै गोथमलाई भित्र्याएको थियो।

आईपीएलमा २०१८ मा डेब्यु गरेका गोथमले २४ खेलमा १३ विकेट लिएका छन् भने १८६ रन बनाएका छन्।

जारि अक्सनमा हालसम्म चेन्नाईले मोइन अलि ( ७ करोड भारु ) , क्रिश्नप्पा गोथम ( ९.२५ करोड भारु ) र चेतेश्वर पुजारा ( ५० लाख भारु ) लाई भित्र्याएको छ।

दिल्लीले स्टिभ स्मिथ ( २.२० करोड भारु ) र उमेश यादव ( १ करोड भारु ) कोलकाताले शकिब अल हसनलाई ( ३.२ करोड भारु ) , मुम्बईले नाथन कोल्टर नाइल ( ५ करोड भारु ) , एडम मिल्ने ( ३.२ करोड भारु ) र पियुष चावला ( २.४ करोड भारु ) , पन्जाबले झाई रिचर्डसन ( १४ करोड भारु ) , राइली मेरेडीथ ( ८ करोड भारु ) , शाहरुख खान ( ५.२५ करोड भारु ) र दविड मलान ( १.५ करोड भारु ) , राजस्थानले क्रिस मोरिस ( १६.२५ करोड भारु ) , शिभम दुवे ( ४.४ करोड भारु ) , चेतन शकरिया ( १.२ करोड भारु ) र मुस्तफिजुर रहमान ( १ करोड भारु ) , बैंगलोरले कायल जेमिसन ( १५ करोड भारु ),  ग्लेन म्याक्सवेल ( १४ करोड भारु ) लाई भित्र्याएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy