ब्लाष्टरलाई जिपीएलको उपाधी

स्थानिय स्तरमा ग्रासरुट क्रिकेटको बिकास गर्ने लक्ष्यसहित आइपिएल संरचना जस्तै फ्रेन्चाइज लिग संचालन भइरहेको गल्याङ प्रिमियर लिग को प्रथम संस्करणको बिजेता गल्याङ ब्लाष्टर बन्न सफल भएको छ ।

गल्याङ ब्लाष्टरले प्रतियोगिताको फाइनल खेलमा गल्याङ इगल्सलाइ ७ विकेटले जित निकाल्दै बिजेता बनेको छ ।

गल्याङ इगल्स उपबिजेताको रुपमा रहदा दोश्रो क्वालिफायर खेलबाट बाहिरिएको रोयल च्यालेन्जर्स गल्याङ तेश्रो बन्न सफल भएको छ । ८ टोलि, टिम मालिक र साउन १५ गते अक्सन प्रक्रियाबाट खेलाडी खरिदबिक्री गरिएको थियो ।

अक्सनका लागि कुल १७० भन्दा धेरै गल्याङ र त्यस क्षेत्रका खेलाडीहरुले फारम भरेकोमा ८ टिममा १२० जना खेलाडी आबद्द भएका थिए । गल्याङ नगरपालिका मुख्य प्रायोजन रहेको प्रतियोगितामा लिग तर्फ कुल २८ र प्लेअफ तर्फ ४ गरि जम्मा ३२ खेल सन्चालन भएको थियो ।

प्रतियोगितामा स्याङ्जा जिल्ला कप्तान तथा गण्डकी प्रदेशका रेगुलर खेलाडी समेत रहेका गल्याङ ब्लाष्टरका कप्तान सन्दीप खत्री उत्कृष्ट खेलाडी बन्न सफल भएका छन भने ब्याटिङ तर्फा कुल ४९६ रन प्रहार गरेका खत्री नै प्रतियोगिताको बेष्ट ब्याट्सम्यान घोषित भएका छन ।

बेस्ट बलरको रुपमा बलाष्टरकै प्रशान्त भण्डारि कुल २२ विकेट सहित उत्कृष्ट बलर घोषित रहदा गल्याङ युनाइटेडका यु-19 खेलाडी अभिषेक भट्टराई र गल्याङ राइनोजका यु-16 खेलाडी सन्देश भन्डारी इमर्जिङ खेलाडी बनेका छन । त्यस्तै प्रतियोगितामा फेयर प्लेको अवार्ड राइजिङ स्टार्स गल्याङले हात पारेको छ ।

प्रतियोगितामा गल्याङ बलास्टर्स, गल्याङ इगल्स, रोयल च्यालेन्जर्स गल्याङ, गल्याङ युनाइटेड, कालीगण्डकी वारियर्स गल्याङ, राइजिङ स्टार्स गल्याङ, गल्याङ नाइटराइडर्स र गल्याङ राइनोजले सहभागिता जनाएका थिए ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]