ग्रेट हिमालय युएई जाने नेपालकै पहिलो एकेडेमी

  • विकेटनेपाल, २ भदौ 

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यु-१९ क्रिकेट टिम मैत्रीपूर्ण क्रिकेट सिरिज खेल्न युएई जाने भएको छ l

१८ देखि २३ अगस्ट सम्म टिमले इमिरेट्स क्रिकेट ट्रेनिंग दुबाईसंग ४ वटा टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ l सबै खेलहरु अज्मल ओभल क्रिकेट मैदानमा संचलान हुनेछ l

युएई भ्रमण गर्ने ग्रेट हिमालय नेपालकै पहिलो क्रिकेट एकेडेमी हो l

भ्रमण टोलि १५ सदस्यीय रहनेछ जसमा १३ जना खेलाडी र २ जना अफिसियल रहनेछन् l एकेडेमीले आफ्नो खेलाडीहरुलाई आज बिदाई समारोह आयोजना गरेको थियो l टिम आज राति ११ बजे युएई प्रस्थान गर्नेछ l

रास्ट्रिय खेलकुद परिषद सदस्य सचिब केशब बिस्ट तथा रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटाले खेलाडीहरुलाई बिदाई गर्नु भएको थियो l सदस्य सचिब बिस्टले एकेडेमीको प्रयासको तारिफ गर्दै खेलाडीहरुलाई जितको लागि सुभकामना दिनु भएको थियो l

ग्रेट हिमालय क्रिकेट एकेडेमीको यो तेश्रो विदेश भ्रमण हो l यो भन्दा अघि टिमले सन् २०१५ मा भारत भ्रमण गरेको थियो भने २०१६ र २०१७ मा बंगलादेश भ्रमण गरिसकेको छ l

टिमको प्रशिक्षक तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीका संचालन सुदिप शर्माले भ्रमणको उद्देश्य खेलाडीहरुलाई एक्सपोजर दिनु रहेको बताउनु भयो l छिट्टै इमिरेट्स क्रिकेट ट्रेनिंगले पनि नेपाल भ्रमण गर्ने समेत शर्माले जानकारी गराउनु भयो l

भ्रमणमा टिमको खर्च खेलाडीहरु, एकेडेमी र प्रायोजकले बेहोर्नेछन् l

भ्रमण टोलि

आशुतोष घिरैया ( कप्तान ) , सोहम अर्याल ,परिक्षित ढकाल ,सौगात दंगाल , रमेश बहादुर खड्का, पुनित कुमार यादब , हर्ष बिक्रम अधिकारी,दिपेश पौडेल , बिपीन उपाध्याय, अनुभब कार्की, अकुछ अधिकारी, आदित्य महता, अभिसेश थापा मगर

प्रशिक्षक :सुदिप शर्मा
म्यानेजर : तेजेन्द्र राज भण्डारी

( फोटो : स्तुति बुढाथोकी )





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]