दिपेन्द्रको टिम मोन्टरियलले जित्यो ग्लोबल टि-२० उपाधि, सनसनीपूर्ण फाइनलमा सरे पराजित

सनसनीपूर्ण फाइनलमा सरे ज्यागुअर्सलाई पराजित गर्दै नेपाली खेलाडी दिपेन्द्र ऐरीले प्रतिनिधित्व गरेको टिम मोन्टरियल टाइगर्सले पहिलो पटक ग्लोबल टि-२० क्यानडाको उपाधि जितेको छ। उपाधि सहित टाइगर्सले तिन लाख क्यानडीयन डलर ( २ करोड ९५ लाख २२ हजार नेपाली रुपैयाँ ) हात पार्यो।

आन्द्रे रसेलले अन्तिम बलमा छक्का प्रहार गर्दै टाइगर्सलाई जित दिलाए।

सरेले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा मोन्टरियल टाइगर्सले ६१ रनमा ४ विकेट गुमायो। पाँचौ विकेटको लागिशर्फेन रथरफोर्डले दिपेन्द्र ऐरीसंग ४५ रनको साझेदारी गरे।

दिपेन्द्रलाई रिटायर्ड आउट गरियो : सुस्त ब्याटिंग गरेपछि १७ बलमा १ चौका मद्दतले १६ रन बनाएका ऐरीलाई रिटायर्ड आउट ( आउट नभई मैदानबाट बाहिरिनु ) गर्दै मोन्टरियल टाइगर्सले क्रिजमा आन्द्रे रसेललाई भित्र्यायो। पहिलो ११ बलमा मात्र ५ रन बनाएका ऐरीले सामना गरेको बाह्रौं बलमा चौका प्रहार गर्दै स्ट्राइक रेट बढाएका थिए। ऐरीले ब्याटिंग गर्दै गर्दा कमेन्टटरले ऐरीको स्थानमा आन्द्रे रसेललाई ब्याटिंगमा पठाउनु पर्ने बताएका थिए। अठारौं ओभरको समाप्तिमा मोन्टरियलले त्यही निर्णय गर्दा मैदानमा थोरै विवादको स्थिति पैदा भएको थियो। तर प्रतियोगिताको नियममानै खेलाडीलाई रिटायर आउट गर्न मिल्ने हुँदा विवाद लम्बिएन।

ऐरी मैदान बाहिरिंदा जितको लागि टाइगर्सलाई २ ओभरमा २५ रन आवस्यक थियो।

उन्नाईसौं ओभरको पहिलो बलमै रसेले स्पेन्सर जोन्सनलाई चौका प्रहार गरे। उनले तेश्रो बलमा छक्का प्रहार गर्दा ओभरमा मोन्टरियलले १२ रन पायो।

अन्तिम ओभरमा जित्न १३ रन आवस्यक रहंदा रसेलले अम्मर खालिदले गरको ओभरको दोश्रो बलमा छक्का प्रहार गरे। अन्तिम बलमा जित्न २ रन आवस्यक रह्यो जसमा रसेलले छक्का हिर्काउदै खेल जिताए।

रसेलले मात्र ६ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २० रन बनाए भने प्लेयर अफ द म्याच घोषित शर्फेन रथरफोर्डले २९ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ३८ रन बनाए।

सन्दिप विकेटविहिन, चौंथो ओभर बलिंग पाएनन् : फाइनलमा ३ ओभर मात्र बलिंग पाएका सन्दिपले २० रन खर्चेर विकेटविहिन रहे। राम्रो बलिंग गरेता पनि उनलाई चौंथो ओभर बलिंग भने दिईएन। आठौँ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा ४ रन खर्चिए। दशौँ ओभरमा दोश्रो ओभर गर्दा ९ रन खर्चेका उनलाई अन्तिम बलमा दिल्प्रित सिंहले चौका प्रहार गरे। तेह्रौं ओभरमा उनले ७ रन खर्चिए जुन क्रममा अन्तिम बलमा रथरफोर्डको ब्याटको भित्रि किनारा लाग्दै बल विकेटपछाडी चौका हुन पुग्यो। सन्दिपलाई अर्को ओभर त्यो अवस्थामा नदिंदा अन्तिम ओभरमा सरेले अम्मर खालिदलाई बलिंग दिनुपर्यो जुन हारको कारण बन्न पुग्यो।

कप्तान इफ्तिखार एहमदले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट तथा स्पेन्सर जोन्सन र आयान खानले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सरेले ओपनर जतिन्दर सिंहको अविजित ५६, आयन खानको २६ र मोहम्मद हरिसको २३ रन मद्दतले २० ओभरमा ५ विकेट क्षेतीमा १३० रन बनायो। टाइगर्सका बलर आयान अफ्जल खानले २ तथा कार्लोस ब्राथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले १/१ विकेट लिए।

रथरफोर्ड प्लेयर अफ द सिरिज : प्रतियोगितामा कुल ४४.० को औशत र १३०.१७ को स्ट्राइक रेटमा २२० रन बनाएका मोन्टरियल टाइगर्सका शर्फेन रथरफोर्ड प्लेयर अफ द सिरिज घोषित भए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]