एक बल पनि नखेलि रोहितको टोली बाहिरियो

काठमाडौं । क्यानडा टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स एक बल पनि नखेलि ईलिमिनेटरबाट बाहिरिएको छ ।

रोहित सम्मिलित टोरोन्टोले शनिबार बिहान ईलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्ने तालिका रहेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल असम्भब भएपछि टस समेत नभई खेल रद्द भएको हो ।

लिग चरणको अंकको आधारमा बंग्लाले क्वालिफायर्स २ मा स्थान बनाएको हो । लिग चरणमा बंग्लाको ९ र टोरोन्टोको ७ अंक रहेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणबाट नै बाहिरिएको थियो ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]