रोहितआबद्ध टोरोन्टो खेल आज

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको चौथो खेल आज (मंगलबार) रहेको छ ।

रोहित आबद्ध टोरोन्टोले आफ्नो चौथो खेलमा बंग्ला टाईगर्सविरुद्ध खेल्दैछ ।

टोरोन्टो र टाईगर्सबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार मंगलबार राति पौने ९ बाट सुरु हुँदैछ ।

टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित हुन पुगेको थियो ।

सोमबार बिहान भएको खेलमा टोरोन्टो सर्रे ज्याकवार्ससँग ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । सर्रेविरुद्धको खेलमा रोहितले २५ बलमा १० रन मात्र बनाएका थिए ।

६ टोली सहभागी लिगमा ४ अंकका साथ टोरोन्टो दोस्रो स्थानमा छ । उता, २ खेलमा २ अंकका साथ टाइगर्स पुछारबाट दोस्रो स्थानमा छ ।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]