रोहितको टिम च्याम्पियन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स ग्लोबल टि ट्वान्टी लिगको चौथो संस्करणको च्याम्पियन भएको छ ।

सोमबार बिहान सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको जितका साथ टोरोन्टोले उपाधी जितेको हो ।

फाइनल खेलमा रोहित भने बेन्चमा रहेका थिए । बेन्चमा रहेपनि १२ औं खेलाडीको रुपमा फिल्डिङ गर्न मैदान उत्रिएका उनले सर्वाधिक रन बनाएका केरबिन बोसलाई रोमारियो शेफर्डको बलमा क्याच आउट गराए ।

टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

टोरोन्टोको जितमा आन्द्रेस गौसले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । उनले ४९ बलमा ८ चौका प्रहार गरेका थिए । रासी भान डर डुसेनले ३४ बलमा अविजित ३० रन बनाए ।

टाइगर्सका लागि केरबिन बोस र अजमतुल्लाह उमरजाईले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

टाइगर्सका लागि कोरबिन बोसले सर्वाधिक ३५, जसकरण सिंहले १६ तथा अनुप रविले १० रन जोडे ।

टोरोन्टोका लागि जेसन बेहरेनड्राफ्टले ३, रोमारियो शेफर्डले २ तथा जुनैद सिद्धिकी, मोहम्मद नवाज, निखिल दत्त र जितेन्द्रपाल माथरुले समान १ विकेट लिए ।

नेपाली क्रिकेटर आबद्ध भएको टिम च्याम्पियन भएको यो तेस्रो पटक हो । यसअघि २०१९ को दोस्रो संस्करणमा नेपाली क्रिकेट सोमपाल कामी आबद्ध विनिपेक्स हव्स च्याम्पियन भएको थियो । र, २०२३ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्स च्याम्पियन भएको थियो ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]