सन्दीप र दीपेन्द्रआबद्ध नाईट्स रोहितको टोरोन्टोसँग खेल्दै

२०८१ श्रावण १०, बिहीबार १२:४९

काठमाडौं । क्यानडा शुक्रबारबाट सुरु हुने ग्लोबल टी-२० लिगको पहिलो खेलमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेशनल सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेन्कुवर नाईट्ससँग खेल्दैछ ।

क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार बिहान पौने दुईबाट चौथो संस्करणको ग्लोबल टी-२० लिगको उद्घाटन खेल सुरु हुदैछ ।

सन्दीप लिगका लागि केही दिन अघि नै क्यानडा पुगिसकेकाले यस खेलमा खेल्नेछन् । तर, भिषा समस्याका कारण क्यानडा पुग्नमा ढिलाई भएका रोहित र दीपेन्द्रले भने यस खेल गुमाउने छन् ।

सन्दीप र दीपेन्द्रआबद्ध नाईट्समा उस्मान ख्वाजा, मोहम्मद अमिर लगायत खेलाडी छन् । भने, रोहितआबद्ध टोरोन्टोमा कोलिन मुन्रो, साद विन जाफर लगायतका खेलाडी रहेका छन् ।

https://www.youtube.com/shorts/0A7qsxK9fbY

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy