गुल्मीको रुपाकोट क्रिकेट क्लबले क्रिकेट प्रतियोगिता आयोजना गर्ने

चन्द्रकोट -७, रुपाकोट क्रिकेट क्लब गुल्मीले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएकोछ। क्लब अध्यक्ष प्रज्वल भन्डारीले जानकारी गराए अनुसार प्रतियोगिता पौष ८ देखि १२ गतेसम्म गहदे क्रिकेट मैदान , रुपाकोट, गुल्मीमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५०,०००/- सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रोले क्रमशः २५,०००/- र १५,०००/- का साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पनि नगद, ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ।

प्रतियोगितामा गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची तथा बाग्लुङका क्रिकेट टिमहरुले प्रतिस्पर्धा गर्नेछन्।

नेपालमा कोरोना भाइरसको महामारीले रोकिएको घरेलु क्रिकेट सुचारु हुन थालेको छ। यसअघि चितवनमा निर्माणाधीन गौतम बुद्ध स्टेडियमको नमुना मैदानमा राष्ट्रिय खेलाडी सम्मिलित गौतम बुद्ध कप टि-२० प्रतियोगिता आयोजना भएको थियो। यहि पौष ११ गतेदेखि पुरुष प्रधानमन्त्री कप काठमाडौंमा तथा महिलाको दांगको लमहीमा आयोजना हुदैंछ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]