गुल्मीको रुपाकोट क्रिकेट क्लबले क्रिकेट प्रतियोगिता आयोजना गर्ने

चन्द्रकोट -७, रुपाकोट क्रिकेट क्लब गुल्मीले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएकोछ। क्लब अध्यक्ष प्रज्वल भन्डारीले जानकारी गराए अनुसार प्रतियोगिता पौष ८ देखि १२ गतेसम्म गहदे क्रिकेट मैदान , रुपाकोट, गुल्मीमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५०,०००/- सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रोले क्रमशः २५,०००/- र १५,०००/- का साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई पनि नगद, ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिनेछ।

प्रतियोगितामा गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची तथा बाग्लुङका क्रिकेट टिमहरुले प्रतिस्पर्धा गर्नेछन्।

नेपालमा कोरोना भाइरसको महामारीले रोकिएको घरेलु क्रिकेट सुचारु हुन थालेको छ। यसअघि चितवनमा निर्माणाधीन गौतम बुद्ध स्टेडियमको नमुना मैदानमा राष्ट्रिय खेलाडी सम्मिलित गौतम बुद्ध कप टि-२० प्रतियोगिता आयोजना भएको थियो। यहि पौष ११ गतेदेखि पुरुष प्रधानमन्त्री कप काठमाडौंमा तथा महिलाको दांगको लमहीमा आयोजना हुदैंछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy