डेब्युमा कस्तो रह्यो गुल्सनको प्रदर्शन

Gulsan Jha

नेपाली घरेलु क्रिकेटमा मात्र दुई वटा खेलमा गरेको प्रदर्शनको बलमा गुल्सन झाले नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउदै शुक्रबार डेब्यु गर्न सफल रहे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने उनि २७ औं नेपाली खेलाडी बन्न पुगे। ओमान टुरमा नियमित राम्रो प्रदर्शन गरिरहेका बिक्रम सोबलाई बाहिर राखेर टिमले गुल्सनलाई डेब्यु गराएको थियो। सोमपाल कामिको हातबाट डेब्यु क्याप पाएका गुल्सनबाट डेब्युमा सोमपालकै बाटो समाते र आफुलाई अलराउण्डरको रुपमा प्रस्तुत गरे। डेब्युमा अमेरिकासंग उनको प्रदर्शन कस्तो रह्यो त ?

ब्याटिंग : पहिलो खेलमा उनलाई नयाँ प्रयोगको रुपमा टिमले छैठौं नम्बरमा ब्याटिंगमा पठायो। अर्थात् कुशल मल्ल, सोमपाल कामि र करन केसी भन्दा माथि ब्याटिंग गर्न पुगे। माथिल्लो क्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाएको अवस्थामा गुल्सनको आवस्यकता कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिएर साझेदारी बनाउनु थियो। क्रिजमा पुगे पछि सुरुवातमा संघर्ष गरेका गुल्सनले सातौँ बलमा मात्र रनको खाता खोल्न सके। तर केहि बेर विकेटमा जमेपछि देब्रे हाते ब्याट्सम्यानले क्रिजमा जम्दै र १/२ रन लिंदै कप्तान मल्लको साथ दिए। मल्ल र गुल्सन बीच पाँचौ विकेटको लागि ५१ रनको साझेदारी भयो। लामो इनिंग्स खेल्न नसकेता पनि झाले ५३ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन बनाउदै आफ्नो ब्याटिंग क्षमता प्रस्तुत गरे र आफ्नो जिम्मेवारी पनि धेरै हदसम्म पुरा गरे। करन केसी र सोमपाल कामि पछि नेपाली टिमले अर्को फास्ट बलिंग अलराउण्डर पाएको छ।

बलिंग : ब्याटिंगमा प्रभावित बनाएका गुल्सनको डेब्युमा बलिंग भने बिर्सनलायक रह्यो। नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा सन्दिप लामिछानेले २ विकेट लिंदै अमेरिकालाई दबाबमा राखेका थिए। पहिलो ओभरमा ९ रन खर्चेका झाले आफ्नो दोश्रो ओभरमा मात्र १ रन खर्चेका थिए तर तेश्रो ओभरमा निकै महँगो सावित हुन गुल्सनले आफ्नो स्पेलमा ३ ओभर बलिंग गरे ३१ रन खर्चिएपछि अमेरिकाले पुनः लय पायो र दबाब हट्न पुग्यो।

सन्दिपले अमेरिकाको सुरुवात २ विकेट लिएपछिको ओभरमा कप्तान मल्लले गुल्सनलाई बल थमाएका थिए। गुल्सनले विकेट अथवा घातक बलिंग गर्दै अमेरिकी ब्याट्सम्यानमा दबाब थप्ने अपेक्षा कप्तानले गरेका थिए। तर उक्त ओभरमा गुल्सनले १८ रन खर्चिए जसपछि अमेरिकाले लय पायो। उक्त ओभरमा देब्रे हाते ब्याट्सम्यान स्टेभेन टेलरले ३ चौका र १ छक्का प्रहार गरे। उनको ओभर पिच र लेग स्टम्पतर्फको बललाई टेलरले सहजै बाउन्ड्रीको दिशा दिए। स्पेलको पहिलो ओभरमा पनि टेलरले उनलाई डिप मीड-विकेटमा छक्का हिर्काएका थिए। गुल्सनको स्पेलकै कारण टेलरले सुरुवाती लय पाए जसले गर्दा उनको इनिंग्स नेपालको हारको प्रमुख कारण बन्न पुग्यो।

गुल्सन परिचित रहेको बाउन्सर तथा अफ स्टम्प बाहिरको ब्याट्सम्यानलाई जिस्क्याउने लम्बाईको बल उनले कमै फाल्न सके। टेलरलाई एउटा बल भने गुल्सनले राम्रो फालेका थिए। हरियो पिचमा उनले टेलरलाई फालेको बलमा राम्रो गति, बाउन्स र स्विंग देखिएको थियो। तर त्यस्तो बल उनले अन्य फाल्न सकेनन्। उनले फालेको १८ वटा बलमा कम अनुभव स्पस्ट झल्किन्थ्यो। उनले गरेको १८ बलमा सहि लाइन, लेन्थनै फेला पर्न सकेनन्। त्यसैले ३ ओभर पछि सोमपाल र करनलाई बलिंग गराएता पनि गुल्सनले पुनः बलिंग गर्ने मौका पाएनन्।

फिल्डिंगको क्रममा पनि उनले एउटा सहज क्याच छुटाउन पुगेका गुल्सनको डेब्यु विशेष हुन सकेन जसले उनिबाट ठूलो अपेक्षा गरेका नेपाली समर्थकहरुलाई निराश बनायो। ओमान टुरमा बिक्रम सोबले सुरुवाती विकेट दिलाएर राम्रो छाप छोडेका थिए। सोबलाई बाहिर राखेर गुल्सनको देब्रे हाते ब्याटिंगको समेत फाइदा उठाउने नेपालको योजना सफल हुन सकेन। आगामी दिनमा राष्ट्रिय टिममा नियमित स्थान बनाउने हो भने गुल्सनले बलिंगमा प्रभावित बनाउनु पर्नेछ। डेब्युमा स्टेभेन टेलर जस्तो ब्याट्सम्यानको फेला परेका उनलाई टिमले पनि साथ दिनु जरुरि छ।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]