६ वर्ष अघि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाउदा सन्दिप लामिछानेसंग राम्रो जुत्ता थिएन। राम्रो जुत्ता नहुँदा सन्दिपको पिंडामा तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेले मलम लगाएका थिए। पुबुदुले सन्दिपलाई पहिलो पटक बन्दप्रशिक्षणमा पर्दा नयाँ जुत्ता उपहार दिएका थिए। पुबुदुको उपहारले सन्दिपलाई त्यसबेला छुट्टै आत्मविश्वास र उर्जा प्रदान गरेको थियो।
सम्भवतः आफ्नो क्रिकेटको सुरुवाती दिनको सोहि पिंडा सम्झदै सन्दिपले शनिवार राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पहिलो पटक मौका पाएका फास्ट बलर गुल्सन झालाई जुत्ता ( स्पाइक ) सहयोग गरेका छन्। नयाँ एडिडास ब्राण्डको स्पाइक उपहार पाएपछि आफ्नो फेसबुकमा गुल्सनले सन्दिपलाई धन्यवाद दिएका छन्। उनले “धन्यवाद सन्दिप लामिछाने दाई” लेखेर सन्दिपबाट जुत्ता उपहार लिंदै गरेको तस्विर राखेका छन्।
View this post on Instagram
दायाँ हाते फास्ट बलर गुल्सनले यो वर्ष मार्चमा सम्पन्न नेपाल पुलिस क्लबबाट खेल्दै मेयर्स कपमा शशस्त्र प्रहरी बल ( एपीएफ ) बिरुद्ध फाइनल खेलमा ४ विकेट लिंदै प्रभावित बनाएका थिए। मात्र २ खेल खेलेता पनि झाले आफ्नो गति र बाउन्सरबाट सबैको मन जितेका थिए। त्यसैको बलमा उनले पहिलो पटक विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग आगामी महिना हुने सिरिजको लागि बन्द प्रशिक्षणमा पहिलो पटक नाम लेखाउन सफल भए।
राष्ट्रिय क्रिकेट टिम हाल सेप्टेम्बर १३ तारिख देखि ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गत खेलिने त्रिकोणात्मक सिरिजको तयारीमा व्यस्त रहेको छ। उक्त सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ।
https://www.youtube.com/watch?v=I-nmU04UXQc
