EPL T20 : सन्दिपको टिममा गुल्सन आबद्ध

राष्ट्रिय क्रिकेट टिमका उदयमान फास्ट बलर गुल्सन झाले एभरेस्ट प्रिमियर लिग खेल्ने पक्का भएको छ।

गुल्सनलाई सन्दिप लामिछाने कप्तानीको टिम काठमाडौँ किंग्स-११ ले अमृत भट्टराईको स्थानमा टिममा भित्र्याएको हो। भट्टराई हाल अस्ट्रेलियामा रहेका छन्। यस्तै किंग्स-११ ले सिद्धान्त लोहनीलाई पनि टिममा फिर्ता गरेको छ। गत सिजन लोहनीलाई टिमले रिलिज गरेको थियो।

गुल्सन किंग्स-११ को तेश्रो फास्ट बलरको रुपमा टिममा भित्रिएका हुन्। टिममा फास्ट बलरको रुपमा जितेन्द्र मुखिया र आकाश चन्द रहेका छन्। टिमले विदेशी खेलाडीको रुपमा पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ। टिममा अन्य नेपाली खेलाडीहरुमा अमित

नेपालको ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनी तथा ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने टिममा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका गुल्सनले पहिलो पटक फ़्रेन्चाइज् लिग खेल्ने भएका छन्।

गुल्सनले हालसम्म दुईवटा मात्र नेपाली घरेलु प्रतियोगिताको खेल खेलेका छन्। उनले गत वर्ष फाल्गुनमा सम्पन्न काठमाडौँ मेयर्स कपमा नेपाल पुलिस क्लबको लागि डेब्यु गर्ने क्रममा दुई खेल खेलेका थिए। उक्त प्रतियोगिताको फाइनलमा एपीएफ बिरुद्ध ४ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका उनि त्यसैको बलमा राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका थिए। पढ्नुस – को हुन् राष्ट्रिय टिमका नयाँ फास्ट बलर गुल्सन झा ?

ईपीएलको पछिल्लो सिजन २०१८ मा काठमाडौँ किंग्स-११ लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो। ईपिएलमा ६ वटा टोलिको सहभागिता रहनेछ। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएट्ससंगै काठमाडौँ किंग्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स लिगमा सहभागी टिमहरु हुन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy