बलात्कार आरोप पछि श्रीलङ्कान क्रिकेटर धनुष्का निलम्बित

अस्ट्रेलियामा बलात्कार आरोपमा पक्राउ परेपछि श्रीलङ्का क्रिकेट सङ्घ (एसएलसी)ले धनुष्का गुनाथिलालाई क्रिकेटका तीन वटै संरचनाबाट तत्काल लागु हुने गरी निलम्बन गरेको छ ।

बलात्कारको आरोपमा आइतबार सिड्नीबाट पक्राउ परेपछि ट्वान्टी-२० विश्वकपका लागि अस्ट्रेलिया पुगेको श्रीलंका टिम धनुष्काबीनै स्वदेश फर्किएको थियो । धनुष्कामाथि एक महिलाले नोभेम्बर २ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

यसै कारण सिड्नी प्रहरीको अनुसन्धानमा रहेका धनुष्कालाई एसएलसीले सोमबार क्रिकेटका तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

‘अस्ट्रेलियामा एक महिनामाथि यौन हिंसा गरेको आरोप लागेका धनुष्कालाई तत्काल लागु हुने गरी क्रिकेटको तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरिएको छ,’ सोमबार श्रीलङ्का क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित :-

बलात्कार आरोपमा श्रीलङ्काली ब्याट्सम्यान गुनाथिलाका पक्राउ





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]