बलात्कार आरोप पछि श्रीलङ्कान क्रिकेटर धनुष्का निलम्बित

२०७९ कार्तिक २१, सोमबार २०:५५

अस्ट्रेलियामा बलात्कार आरोपमा पक्राउ परेपछि श्रीलङ्का क्रिकेट सङ्घ (एसएलसी)ले धनुष्का गुनाथिलालाई क्रिकेटका तीन वटै संरचनाबाट तत्काल लागु हुने गरी निलम्बन गरेको छ ।

बलात्कारको आरोपमा आइतबार सिड्नीबाट पक्राउ परेपछि ट्वान्टी-२० विश्वकपका लागि अस्ट्रेलिया पुगेको श्रीलंका टिम धनुष्काबीनै स्वदेश फर्किएको थियो । धनुष्कामाथि एक महिलाले नोभेम्बर २ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

यसै कारण सिड्नी प्रहरीको अनुसन्धानमा रहेका धनुष्कालाई एसएलसीले सोमबार क्रिकेटका तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

‘अस्ट्रेलियामा एक महिनामाथि यौन हिंसा गरेको आरोप लागेका धनुष्कालाई तत्काल लागु हुने गरी क्रिकेटको तीनवटै संरचनाबाट निलम्बन गर्ने निर्णय गरिएको छ,’ सोमबार श्रीलङ्का क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित :-

बलात्कार आरोपमा श्रीलङ्काली ब्याट्सम्यान गुनाथिलाका पक्राउ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy