काठमाडौं । तीन खेलको टेस्ट सिरिजको पहिलो खेलमा तीव्र गतिका बलर गस एटकिन्सनले डेब्यू खेलमा ७ विकेट लिएपछि घरेलु टोली इंग्ल्यान्डले वेष्ट इण्डिजविरुद्ध पहिलो दिन नै अग्रता लिएको छ ।
लर्ड्समा टस हारेर पहिला ब्याटिङको गरेको वेष्ट इण्डिज पहिलो इनिङमा १ सय २१ रनमा अल आउट भयो । ओपनर मिक्ली लोयुइसले सर्वाधिक २७ रन बनाए । एलिक एथानााजे २३, केभन हाडगे २४, अल्जार जोशेफ १७ र गुडाकेश मोतीले १४ रन बनाए ।
इंग्ल्यान्डका लागि गस एटएटकिन्सनले १२ ओभरमा ५ मेडनसहित ४५ रन खर्चेर ७ विकेट लिए । जेम्श एन्डरसन, क्रिस वोक्स र बेन स्टोक्सले समान एक एक विकेट लिए।
इंग्ल्यान्डले ४० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । समग्र पहिलो इनिङमा इंग्ल्यान्डले ६८ रनको अग्रता लिएको छ ।
इंग्ल्यान्डका ओपनर ज्याक क्रली ८९ बलमा ७६ तथा ओली पोप ७४ बलमा ५७ रन बनाउँदै आउट भए ।
जो रुट १५ र ह्यारी ब्रुक २५ रनमा अविजित छन् । वेष्टइण्डिजका जयडेन सेल्सले दुई तथा जेसन होल्डरले एक विकेट लिएका छन् ।