गायना सिपिएल टि-२० को सेमीफाइनलमा, अंकतालिकामा को कुन स्थानमा

गायना अमेजन वारियर्स करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० को सेमीफाइनल पुग्ने तेश्रो टिम बनेको छ।

बिहिबार बिहान सम्पन्न खेलमा सेन्ट लुसिया जुक्सलाई ७ विकेटले पराजित गर्दै गायना अंकतालिकामा दोश्रो स्थानमा उक्लदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो। यस अघि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ। गएराति सम्पन्न खेलमा ट्रिनबागोले सेन्ट किट्सलाई ५९ रनले पराजित गरेको थियो। 

ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा सेन्ट लुसियाले दिएको ११० रनको लक्ष्य गायनले १३.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

गायनाका ब्याट्सम्यान हेटमायरले ५६ रन बनाए

गायनको ब्याटिंगमा शिमरन हेटमायरले अविजित ५६ रन बनाए जसले ३६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। हेटमायर लिगको सर्वाधिक रन बनाउने सुचीमा ९ खेलमा २३५ रन सहित दोश्रो स्थानमा पुगेका छन्। जमैकाका ग्लेन फिलिप्स ७ खेलमा २४८ रन बनाएर पहिलो स्थानमा छन्। चन्द्रपौल हेमराजले २६, निकोलस पुरनले १० तथा रस टेलरले अविजित ७ रन बनाए। सेन्ट लुसियाको बलिंगमा स्कट कग्लेजिन, मोहम्मद नबि र जाभेल ग्लेनले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा सेन्ट जुक्सले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सकेको थियो। उसको लागि जाभेल ग्लेनले सर्वाधिक २३, रखिम कर्नवालले २१, नाजिबुल्लाह जद्रानले १९ रन बनाए।

जुक्सलाई सानो योगफलमा रोक्न गायनाका नभिन उल हक ( ४-१-२४-२ ) र किमो पौल ( ४-०-२५-२ ) ले समान २/२ विकेट लिए। केभिन सिन्क्लेयर, इमरान ताहिर र रोमारियो शेफर्डले समान १ विकेट लिए। ताहिरले ४ ओभरमा १ मेडन गर्दै मात्र १० रन खर्चिए।

अंकतालिकामा को कति स्थानमा 

६ टिम सहभागी लिगमा सबै टिमले एक अर्का बिरुद्ध २/२ खेल अर्थात् कुल १० खेल खेलेपछि उत्कृस्ट हुने ४ टिम सेमीफाइनल पुग्नेछ। सबै ८ खेलमा जित सहित ट्रिनबागो तथा समान १० अंक बटुलेको गायना र सेन्ट लुसिया जुक्सले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ।

अब बिहिबार राति हुने जमैका तलावाज र सेन्ट किट्स बीचको खेलमा जमैका विजयी भएको खण्डमा सेमीफाइनल पुग्ने सम्भावना बलियो हुनेछ। जमैका अहिले ७ खेल खेल्दा ६ अंक सहित चौथो स्थानमा रहेको छ। १ खेल बढी खेलेको बार्बेडोसको ४ अंक रहेको छ। आज जमैकाले सेन्ट किट्सलाई पराजित गर्ने र भोलि बिहान हुने खेलमा बार्बेडोसलाई गायनाले पराजित गरेको खण्डमा जमैका सेमीफाइनल प्रवेश गर्नेछ। जमैका हार्ने र बार्बेडोस जित्ने भएमा पुनः अन्य खेलको नतिजा कुर्नुपर्नेछ। पुछारमा रहेको सेन्ट किट्सको सेमीफाइनल पुग्ने सम्भावना भने समाप्त भैसकेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/can-head-coach-10-pad-wn20/

https://wicketnepal.com/tkr-8th-win-wn20-cpl/

https://wicketnepal.com/malinga-not-to-play-ipl-wn20/

https://wicketnepal.com/lpl-t20-in-november-announc-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]