ज्ञानेन्द्र मल्ललाई भारतीय कम्पनिको १६ लाखको प्रायोजन

Gyanendra Malla
  • विकेटनेपाल, मङ्सिर-२७ 

राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट सामग्री निर्माण कम्पनि ट्वीस्टरले २ बर्षको लागि १० लाख भारतीय रुपैयाँ ( १६ लाख नेपाली रुपैयाँ ) बराबरको प्रयोजन गरेको छ।

विहिबार ट्वीस्टर र ज्ञानेन्द्र मल्ल बीच प्रायोजन  सम्झौता भएको हो जसमा ट्वीस्टरको तर्फबाट केयुर देसाई र ज्ञानेन्द्रले हस्ताखर गरेका हुन्। मल्ललाई ट्वीस्टरको ब्याट प्रदान गर्दै सम्झौता घोषणा गरिएको हो। सम्झौता बापत ट्वीस्टरले मल्ललाई २ बर्षसम्म सम्झौता रकम बराबरको क्रिकेट किट र नगद पनि प्रदान गर्नेछ।

सम्झौता विहिबार भए पनि मल्लले ट्वीस्टरको ब्याट प्रयोग गर्न थालीसकेका छन्। उनि हाल एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सको कप्तानी गरिरहेका छन्।

ट्वीस्टरले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको रुपमा ज्ञानेन्द्र मल्ललाई प्रायोजन गरेको हो।  यस अघि कम्पनिले भारतीय यु-१९ तथा प्रथम श्रेणी क्रिकेटरहरुलाई प्रयोजन गर्दै आएको थियो।

सन् २००५ को एसीसी यु-१५ क्रिकेट प्रतियोगिता देखि नेपाली टिमको यात्रा थालेका दायाँ हाते ब्याट्सम्यान ज्ञानेन्द्रले त्यसपछि नेपाली यु-१९ टिम हुँदै सन् २००६ मा सिनियर टिममा स्थान बनाएका थिए।

मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् जसले नेदरल्याण्डसंग यसै बर्ष अगस्टमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा उक्त रेकर्ड बनाएका थिए।

Gyanendra Malla
Gyanendra Malla

सन् २०१२ को एसीसी ट्रफी इलाइट प्रतियोगितामा साउदी अरबसंग ज्ञानेन्द्र मल्लले अचम्मको कारनामा गरेका थिए । खेलको दशौं ओभरमा मोहम्मद नदीमको ओभरको सबै बललाई बाउन्ड्री पार गराउदै मल्ल उक्त काम गर्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका थिए। सोहि इन्निंगमा १७ बलमै अर्धशतक पुरा गर्दै मल्लले सबैभन्दा छिटो अर्धसतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका थिए। खेलमा मल्लले अविजित ६१ रन बनाउदा २३ बलको सामना गरि १३ चौका र १ छक्का प्रहार गरेका थिए। खेल नेपालले ९ विकेटले जितेको थियो।

श्रीलंकामा सम्पन्न यु-१९ बिश्वकप २००६ को प्लेट च्याम्पियनशिपको सेमीफाईनल अन्तर्गत दक्षिण अफ्रीकालाई नेपालले २ रनले पराजित गर्दा मल्लले अविजित ४६ रन बनाएका थिए जुन पनि मल्लको सम्झनलायक योगदान हो।

नेपाललाई एकदिवसीय मान्यता देखि सन् २०१४ टि-२० बिश्वकप छनौट गराउदा उनि टिमको महत्वपूर्ण हिस्सा रहँदै आएका छन्।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]