कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारण

त्रि-देशीय सिरिजमा नेदरल्याण्डसंग हार पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले डेथ ओभरमा सोमपाल हुँदा हुँदै सन्दिप लामिछानेलाई १८ औं ओभरमा बलिंग दिने निर्णयको रक्षा गरेका छन्।

सिरिजमा पहिलो हार बेहोर्ने क्रममा नेपालले दिएको २०७ रनको विशाल लक्ष्य नेदरल्याण्डले ३ बल बाँकी रहँदै ७ विकेट गुमाएर पुरा गर्दै घरेलु टोलिलाई स्तब्ध बनायो। खेलको १८ औं ओभरमा ज्ञानेन्द्र मल्लले टिमका मुख्य पेसर सोमपाल कामिको २ ओभर बाँकि रहेता पनि सन्दिप लामिछानेको स्पेलको अन्तिम ओभर गर्ने निर्णय लिएका थिए। उक्त ओभरमा सन्दिप लामिछानेले विकेट लिएता पनि नेदरल्याण्ड कप्तान पिटर सिलरले लगातार ३ छक्का प्रहार गरेका थिए। उक्त ओभरमा आएको २० रन पछि नेदरल्याण्डको जित सहज देखिएको। सन्दिपको ओभर पछि अविनाश बोहराले गरेको १९ औं ओभरमा अविनाशले पनि १९ रन खर्चिएपछि नेदरल्याण्डले अन्तिम ओभरमा आवस्यक ६ रन सहजै बनाउदै ३ बल बाँकी हुँदै जित दर्ता गर्न सक्यो।

खेल पछि प्रतिक्रिया दिने क्रममा कप्तान मल्लले सोमपाल राम्रो रिदममा नहुनाले सन्दिपले विकेट लिने आशामा उनलाई बलिंग दिईएको बताए –

“सन्दिप अनुभवी बलर हुन्, त्यसमा विकेट निस्कन सक्थ्यो भन्ने हिसाबले उनलाई लगाएको हो। उनीहरुले मिडियम पेस राम्रो खेलीरहेको थियो र पिच पनि सहयोगी थियो। सोमपाल रिदममा देखिएको थिएन। सन्दिपले विकेट लिन्छकि भन्ने थियो।”

मल्लले यो निर्णय जुवा जस्तै भएको बताए “कहिले काहीं हुन्छ खेलमा, जुवा जस्तो भयो”

सोमपालले त्यस अघि गरेको २ ओभरमा २३ रन खर्चिएका थिए। सन्दिप लामिछानेले खेलमा ४ विकेट लिएता पनि ४८ रन खर्चेर सबैभन्दा महँगो सावित हुन पुगे।

सोमपालको २ ओभर बाँकी रहेता पनि दोश्रो स्पेलमा उनलाई बलिंगमा ल्याईएन

मल्लले नेपालले पहिलो इनिंग्समा १० रन अझै नेपालले कम बनाएको बताए –

“ब्याटिंग सोचे जस्तो भैराको छ। विकेटले पनि सहयोग गरेको छ। केटाहरु पोजेटिभ इन्टेन्टले खेलीरहेका छन् तर अन्तिम २-३ ओभरमा ८-१० रन अलि कति तान्न सक्थ्यौ होला। बीचमा कुशल र करन छिट्टै आउट हुँदा घाटा भो।” इनिंग्सको १७ औं ओभरको चौथो बलमा १८ रन बनाएर कुशल तथा १८ औं ओभरको पहिलो बलमा करन केसी १ रन बनाएर आउट भएका थिए।

मल्लले नेपालले ठुलो लक्ष्य खडा गरेको हुँदा सुरुवातमा बलरहरुले सहजताका साथ परिस्थितिलाई लिएको बताए। यस्तै उनले नेदरल्याण्डको ब्याटिंगको पनि तारिफ गरे – “सुरुमा सहज लिए जस्तो लाग्यो। तर पनि उनीहरुले जसरि ब्याटिंग गरे मलाई लाग्छ उनीहरुलाई पनि श्रेय जान्छ।  हामिले २-४ ओभर ६ भन्दा कमको गर्न सकेको भए खेल नजिकको हुन्थ्यो होला।”

खेलमा मल्लले दोश्रो इनिंग्समा ७ जना बलर प्रयोग गरेका थिए जसमध्ये सोमपाल कामि, सन्दिप लामिछाने, शाहब आलम, करन केसी र अविनाश बोहराले १० भन्दा बढी प्रतिओभर रन खर्चेका थिए। ४ विकेट लिएका सन्दिपले ४ ओभरमा ४८ रन, विकेटविहिन सोमपालले २ ओभरमा २३ रन, १ विकेट लिएका अविनाशले ४ ओभरमा ४३ रन, १ विकेट लिएका करनले ३.३ ओभरमा ३८ रन तथा विकेटविहिन शाहब आलमले २ ओभरमा २३ रन खर्चनु टिमको हारको प्रमुख कारण बन्यो।

मल्लले हारको बाबजुद नेपालको ब्याटिंग बलियो हुनु राम्रो पक्ष भएको बताउदै पिच राम्रो बनेकोले ब्याट्सम्यानहरुमा आत्मविश्वास बढेको बताए –

“विकेटहरु पछिल्लो चरणमा जस्तो बनिरहेको छ, सटहरु पनि लाग्दा ब्याट्सम्यानमा आत्मविश्वास आइरहेको छ जसकारण सटहरु खुलेर खेल्न पाइरहेको छ। पहिला पहिला विकेटमा ब्रेक धेरै हुन्थ्यो जहाँ खुलेर खेल्न सकिन्थेन। बल अड्केर आउथ्यो, अहिले ब्याटमा बल मजाले आउछ त्यसले आत्मविश्वास दिईरहेको छ र आक्रामक क्रिकेट खेल्न साथ दिईरहेको छ।”

मल्लले डेब्युबाट लगातार तिनवटा अर्धशतक बनाउदै विश्वकीर्तिमान बनाएका कुशल भुर्तेलको तारिफ गरे –

“कुशलले एकदम राम्रो गर्दैछ। आज अझ ठुलो स्कोर गर्न सक्थ्यो होला। जस्तो सुरुवात दियो त्यसले गर्दा लय पायो इनिंग्सले। अझ यसलाई निरन्तरता गरोस् भन्ने चाहना छ।” भुर्तेलले ४६ बलमा ८ चौका र १ छक्का मद्दतले ६२ रन बनाए।

मल्लले दर्शक मैदानमा नहुँदा खल्लो महसुस भएको बताए “न्यास्रो लाग्दो रैछ, फुल दर्शकमा खेलीरहंदा नहुँदा खेरि खल्लो लाग्दो रैछ।”

हारका बाबजुद अघिल्लो दुई खेलमा मलेसिया र नेदरल्याण्डलाई पराजित गर्दै ४ अंक बटुलेको नेपालले सिरिजको फाइनलमा भने स्थान लगभग पक्का गरिसकेको छ। नेदरल्याण्ड र नेपालले ३ खेलमा २ जित र १ हार पछि समान ४ अंक रहेको छ। मलेसिया हालसम्म जित विहिन रहेको छ। मलेसियाले बाँकी २ खेलमा नेपाल र नेदरल्याण्डलाई पराजित गरेको खण्डमा फाइनल पुग्ने सम्भावना जीवित रहन्छ जसको लागि उसले नेपाल अथवा नेदरल्याण्डसंग अंक बराबरी गर्दै नेट रन रेटमा समेत पछि पार्नुपर्नेछ।

सिरिज अन्तर्गत नेपालले आगामी खेल बिहिबार मलेसियासंग खेल्नेछ। भोलि बुधबार मलेसिया र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। भोलि नेदरल्याण्ड विजयी भएको खण्डमा मलेसियाको फाइनल पुग्ने सबै ढोका बन्द हुनेछ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nl-vs-nep-3rd-m-rep-wn21/

https://wicketnepal.com/mal-vs-nep-wn21-kushal-react-wn21/

https://wicketnepal.com/nep-vs-mal-7-kirtiman-wn21/





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]