ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको पोषण विशेषज्ञमा नियुक्त

२०७७ मंसिर १४, आईतवार १९:४१

नेपाली क्रिकेट टिममा २ वटा ज्ञानेन्द्र मल्ल हुने भएका छन्। कप्तान ज्ञानेन्द्र मल्ल पछि अर्को ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ ( क्यान ) ले पोषण विशेषज्ञको रुपमा आइतबार नियुक्त गरिएको हो।

नेपाली राष्ट्रिय टिमको जारि बन्द प्रशिक्षणमा पहिलो पटक कुनै पोषण विशेषज्ञ ( Nutritionist ) नियुक्त गरिएको हो।

टिमको पोषण विशेषज्ञको काम खेलाडीहरुले आफ्नो शरीरको प्रकार अनुसार के खाने, कस्तो प्रकारको खाने, कति खाने जस्तो कुरा बताउनु हो। पोषण विशेषज्ञले खेलाडीको अभ्यासको तालिका, भार र चुनौती अनुसार पोषणको मापदण्ड बनाउने गर्छन्। खेलाडीले आफ्नो उत्कृस्ट प्रदर्शन देखाउनको लागि आफ्नो खानामा विशेष ध्यान दिनु पर्छ जुन लक्ष्य प्राप्त गर्नको लागि पोषण विशेषज्ञले सहायता गर्नेछन्।

खेलाडीले खाने कुराले उसको प्रदर्शनमा प्रत्यक्ष-अप्रत्यक्ष ठूलो प्रभाव पार्ने हुँदा खेलाडीहरुको प्रदर्शनमा मल्लको आगमनले प्रभाव पार्ने विश्वास गर्न सकिन्छ। पछिल्लो समय भारतीय क्रिकेट कप्तान बिराट कोहलीले आफ्नो खानपीनले खेलमा निकै प्रभाव पारेको बताउदै आएका छन्।

क्यानले आइतबारनै सहायक प्रशिक्षकको रुपमा राष्ट्रिय क्रिकेट टिमका पूर्व विकेटकिपर ब्याट्सम्यान तथा नेपाल पुलिस क्लबका प्रशिक्षक रहेका मनोज कटवाललाई समेत नियुक्त गरेको छ।

राष्ट्रिय टिमको फिटनेस ट्रेनरको रुपमा क्यानले भारतका आशय हटकरलाई नियुक्त गरेको थियो जसले अहिले टिमको फिटनेस पक्ष हेरीरहेका छन्। टिमको फिजियोको रुपमा बिक्रम न्यौपाने रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy