ज्ञानेन्द्र लयमा फर्किए, नेपालको बिशाल जित

Gyanendra Malla
  • विकेटनेपाल, साउन १० 

इंग्ल्याण्ड भ्रमण अन्तर्गत नेपालले चौथो अभ्यास खेलमा इस्ट लन्डन शार्क्सलाई १३४ रनको बिशाल अन्तरले पराजित गरेको छ। स्कोरकार्ड 

लफ्टन क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २५१ रनको बिशाल योगफल तयार गरेको थियो।

लामो समय देखि नेपालको लागि ठुलो स्कोर बनाउन नसकेका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन तथा कप्तान पारस खड्का र दिपेन्द्र ऐरिले समान ६७ रन बनाए। मल्लले ४७ बलमा ६ छक्का र ५ चौका प्रहार गरे भने पारसले ३० बलमा ५ छक्का र ७ चौका र दिपेन्द्रले २६ बलमा ६ छक्का र ४ चौका प्रहार गरे।

अघिल्लो अभ्यास खेलमा १३१ रनको इनिंग खेलेका अनिल साह पाँचौ ओभरमा ८ रन बनाएर आउट भए पछि ज्ञानेन्द्र र पारसले दोश्रो विकेटको लागि १०४ रनको साझेदारी गरेका थिए। इस्ट लण्डनका बलर सलिम अकबरले २ विकेट लिए।

२५२ रनको बिशाल स्कोर पछ्याउने क्रममा घरेलु टिमले पुरै ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो। उसको लागि ताकि अब्बासले सर्वाधिक ३२ तथा हफिज यावरले २६ रन बनाए। शार्क्सलाई सस्तोमा समेट्न सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट, ललित राजबंशीले २ विकेट तथा करन केसी, दिपेन्द्र ऐरि र शरद भेसावकरले समान १ विकेट लिए। सन्दिपले ३ ओभरमा १ मेडन ओभर गर्दै मात्र २ रन खर्चिए।

नेपालले भ्रमण अन्तर्गत अब जुलाई २९ तारिकमा एमसीसी र नेदरल्याण्डसंग एकै दिन टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ जसपछि अगस्ट १ र ३ तारिकमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। यस अघि खेलिएको ३ मध्ये नेपालले २ मा जित र १ मा हार बेहोरेको थियो ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]