ज्ञानेन्द्र मल्लको शतक पुरा, नेपाल बलियो स्थितिमा

Aarif Sheikh

भारत भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा मिलापुर रिक्रियसन क्लब बिरुद्ध ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् l

खेलको ३९ औं ओभरमा कुल १२३ बल खेल्दै ज्ञानेन्द्रले शतक प्रहार गरेपछि नेपालले १ विकेट गुमाई ३९ ओभरमा १६७/१ को स्कोर खडा गरेको छ l

ओपनिंग ब्याटिंग गरेका मल्लले शतक प्रहार गर्ने क्रममा १० चौका र १ छक्का प्रहार गरे l

शरद भेसावकर ३८ रन बनाएर ब्याटिंग गरिरहेका छन् l

पहिलो विकेटको लागि सागर पुनसंग ६७ रनको साझेदारी गरेका मल्लले दोश्रो विकेटको लागि शरद भेसावकरसंग १०० रन भन्दा बढीको साझेदारी गरिसकेका छन् l

नेपालले पहिलो विकेटको रुपमा सागर पुनलाई गुमाएको थियो l सागर र ज्ञानेन्द्रले ओपनिंग साझेदारीको रुपमा ६७ रन बनाएका थिए l ५४ बलमा २५ रनको इनिंग खेल्दै सागर १९.५ औ ओभरमा आउट भएका थिए l

खेलको अपडेट – http://bit.ly/2yf4RTx 
स्कोरकार्ड- http://bit.ly/2fm1Lcx

भारतको चेन्नाई भ्रमण अन्तर्गत नेपाली टिमले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । तेश्रो अभ्यास खेल सेप्टेम्बर २३ र चौथो २५ तारिकमा खेल्ने तालिका रहेको छ । टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

यस अघि पहिलो अभ्यास खेलमा नेपालले डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो l

नेपालको बिशाल जितमा सोमपाल उत्कृस्ट

  • विकेटनेपाल, ३ असोज 

अभ्यास खेल खेल्न भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टिमले तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सोमपाल कामिले ब्याटिंग र बलिंग दुवैतर्फ राम्रो योगदान दिएका थिए ।

नेपालले पहिले ब्याटिंग गर्दै बनाएको २१६ रनको जवाफमा ब्याटिंग गरेको डीन्डीगुल ड्रयागन्सले दोश्रो इनिंगमा मात्र ६३ रनमै सबै विकेट गुमाउन पुगेको थियो ।

नेपालको लागि सोमपाल कामि, सागर पुन र सन्दिप लामिछानेले समान २-२ विकेट हात पारेका थिए । यस्तै पहिलो पटक नेपाली टिममा स्थान बनाएका सुशील कंडेल र ललित सिंह भण्डारीले १-१ विकेट हात पारे ।

यस अघि टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा २१६ रन बनाएको थियो ।  स्कोरकार्ड

तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्ससंगअभ्यास खेल खेलेको नेपाली टिमले पहिलो ६ विकेट ८५ रनको स्कोरमा गुमाएको थियो ।

६ विकेट गुमेपछि सोमपाल कामि र बसन्त रेग्मीले शतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ लगेका थिए ।

सोमपालले ४ छक्का र २ चौका मदतले ७७ बलमा ६६ रन बनाएका थिए । बसन्त रेग्मीले अविजित ५६ रन बनाउने क्रममा २ छक्का र १ चौका प्रहार गरे । दुवैले सातौं विकेटको लागि १०७ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि ओपनिंग ब्याट्सम्यान  ज्ञानेन्द्र मल्लले ३९ रनको योगदान दिएका थिए । मल्लले २ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर सागर पुनले १५ रन बनाएका थिए भने शरद भेसावकरले १ रन बनाउदा कप्तान पारस खड्का १ रनमै पेभेलियन फर्किएका थिए । आरिफ शेखले २१ रन बनाए भने बिनोद भण्डारीले १ रन मात्रै बनाउन सके ।

डीन्डीगुलका बलर एस अर्भिन्द एक्लैले ४ विकेट हात पारे। १० ओभर बलिंग गरेका उले २ मेडन ओभर सहित ३६ रन खर्चका थिए ।

 

 





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]