ज्ञानेन्द्रको शतकले टरेन हार

gyanendra malla
  • विकेटनेपाल, फाल्गुन-१५ 

ज्ञानेन्द्र मल्लको शतकका बाबजुत नेपालले भारत भ्रमण अन्तर्गत पहिलो अभ्यास खेलमा ४७ रनको हार बेहोर्न पुगेको छ l  ( स्कोरकार्ड )

भारतको ग्रेटर नोयडा स्थित गौतम बुद्ध युनिभर्सिटीको मैदानमा स्थानीय टिम राजवाडासंग उत्रेको नेपाली टिमले टस हारेर पहिले बलिंगको निम्तो पायो l ओपनर रजत चप्परवालले ९१ तथा चौथो नम्बरमा ब्याटिंग गरेका मधुर खत्रीले ९० रन बनाएपछि राजवाडाले ५० ओभरमा ७ विकेट नोक्सानीमा २८१ रनको स्कोर बनायो l

नेपालको लागि सन्दिप लामिछानेले २ विकेट तथा सोमपाल कामि र कारन केसीले १/१ विकेट हात पारे l

जवाफमा २८२ रनको लक्ष पछ्याएको नेपाली टिमका ओपनर आसिफ शेख खाता नखोली पहिलो ओभरमा आउट भए l ओपनर ज्ञानेन्द्र मल्लले त्यसपछि सागर पुनसंग दोश्रो विकेटको लागि ७५ रनको साझेदारी गरे l सागर २८ रन बनाएर आउट भएपछि राजेश पुलामी ( ८ )  शरद भेसवकर ( ४ ) र दिपेन्द्र ऐरी ( ९ ) ले थोरै अन्तरमा विकेट गुमाए l

ज्ञानेन्द्र मल्लले १०४ रनको इनिंग खेले

त्यसपछि बिनोद भण्डारीले ज्ञानेन्द्र मल्लसंग छैठौ विकेटको लागि ५३ रनको साझेदारी गरे l बिनोद २० रन बनाई आउट हुँदा १९६/६ को स्थितिमा पुगेको नेपालले त्यसपछि लगातार विकेट गुमायो र सबै टिम ४७.१ ओभरमा २३४ रनमा समेटिन पुग्यो l

लामो समय पछि ठुलो इनिंग खेल्दै लयमा देखिएका मल्लले ४० औ ओभरमा विकेट गुमाउनु अघि १२५ बलमा १० चौका प्रहार गर्दै १०४ रन बनाए l

राजवाडाका बलर मोहम्मद साफ्फीले उत्कृस्ट बलिंग गर्दै १० ओभरमा ४२ रन खर्चेर ४ विकेट हात पारे l यस्तै नरेश नमले २ विकेट लिए l

नेपालले मंगलबार समान टिम संग दोश्रो अभ्यास खेल खेल्नेछ l

( स्कोरकार्ड )





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]