अम्पायरको निर्णय र ईपिएल व्यवस्थापन प्रति ज्ञानेन्द्रको असन्तुष्टी

  • विकेटनेपाल, पौष-३ , मंगलवार 

एभरेस्ट प्रिमियर लिग ( ईपिएल ) टि-२० अन्तर्गत मंगलबार सम्पन्न पहिलो क्वालीफायर खेलमा काठमाडौँ किंग्स-११ बिरुद्ध १ विकेटको जित पछि ललितपुर प्याट्रीएट्सका कप्तान ज्ञानेन्द्र मल्लले अम्पायरको निर्णय र प्रतियोगिताको व्यवस्थापन पक्षसंग गुनासो गरेका छन्।

ईपीएलको पहिलो क्वालीफायर जित्दै ललितपुर फाइनल प्रवेश गरेको खेलमा मल्ल स्वयम् र सन्नी पटेललाई अम्पायरले दिएको आउटको निर्णय गलत भएको उनले दाबि गरेका छन्। मल्ल सम्साद शेखको बलमा एलबिडब्लु भएका थिए भने सन्नी प्रदिप साहुको बलमा विकेटकिपरबाट समातिएका थिए। अम्पायरले विकेट दिएपछि दुवै खेलाडीले मैदानमै असन्तुष्टी देखाएका थिए।

खेल पछिको पत्रकार सम्मेलनमा मल्लले आफु आउट भएको एलबिडब्लुको निर्णयमा बलले पहिले ब्याटमा लागेपछि प्याडमा लागेको तथा सन्नी पटेललाई विकेटकिपरले क्याच गर्दा ब्याटमै नछोएको दाबि गरेका हुन्।

“उ ( सन्नी ) इमान्दार खेलाडी हो, आउट छ भने आउट भन्छ र छैन भने छैन भन्छ। जहाँसम्म लाग्छ त्यो आउट थिएन, भिडियोहरुमा पनि हेर्न सक्छौ”

सन्नीले आउट हुँदा अम्पायरको निर्णयको मैदानमै बिरोध गरेपछि उनलाई म्याच फिको ७५ प्रतिशत जरिवाना गरिएको छ भने ३ डी-मेरिट पोइन्ट समेत दिईएको छ। सन्नीको व्यवहार नसुहाउदो भएको स्वीकार्दै अम्पायरले बारम्बार गल्ति गर्दा खेलाडीहरु त्यसको सिकार हुनु परेको बताए-

“सुहाउन त नसुहाउने हो तर अब कति पटक गर्ने भन्ने कुरा आउछ, ( अम्पायरले गलत निर्णय ) बारम्बार गर्दा सिकार हामि भइरहेका छौँ। हामीले आफ्नो करियर सबै राखेर खेलीरहेका हुन्छौ, एउटा गलत निर्णयले गर्दा हरेक कुरा गुम्न सक्छ, खेलाडीको करियरमै असर गर्न सक्छ।”

खेलमा मल्ल २१ रन बनाएर आउट भएका थिए भने सन्नी पटेल खाता नखोल्दै पहिलो बलमा आउट हुँदा ललितपुर दबाबमा आएको थियो। १०९ रन लक्ष्य पछ्याउने क्रममा ललितपुरले १०१ रन बनाउदा ९ विकेट गुमाएपछि अन्तिम ओभरमा आवस्यक ९ रन प्रहार गर्दै योगेन्द्र सिंह कार्कीले खेल जिताउदै ललितपुरलाई फाइनल पुर्याएका थिए।

मल्लले प्रतियोगिताको व्यबस्थापन बारे सोधिएको प्रश्नमा आफु रोबोट जस्तो महसुस गरिरहेको र व्यबस्थापनमा जोडिएका व्यक्तिहरु भद्र हुनुपर्ने गुनासो समेत व्यक्त गरे-

“म त अलि रोबोटिक फिल गरिराको छु। यहाँ जानु हुन्छ यहाँ जानु हुन्न, यो गर्न हुन्छ त्यो गर्न हुन्न, हरेक कुरामा। होला अब एउटा स्तर वृद्धि गर्न खोजिएको होला तर जो पनि संलग्न हुनुहुन्छ ग्राउण्ड स्टाफहरु, वहाँहरु अलिकति भद्र र नरम भइदिनु भयो भने अझ धेरै राम्रो हुन्थ्यो होला”

ललितपुर प्याट्रीएट्स प्रतियोगिताको लिग चरणमा ४ जित र १ हार सहित अंकतालिकामा शिर्ष स्थानमा रहेको थियो। पहिलो क्वालीफायर जितेपछि फाइनल प्रवेश गरेको ललितपुरले शनिवार खेलिने फाइनलमा काठमाडौँ किंग्स-११ र पहिलो इलिमिनेटरमा विजयी हुने टिम बीच हुने खेलको विजेता टिमसंग प्रतिस्पर्धा गर्नेछ।

अम्पायर पनि मान्छे नै हो 

खेल पछि पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ किंग्स-११ कप्तान रोहन मुस्तफाले अम्पायर पनि मान्छेनै भएको र अम्पायरलाई दोश दिन नहुने प्रतिक्रिया दिए –

“मलाई लाग्छ अम्पायर पनि मान्छेनै हो। आईपीएल, अन्तर्राष्ट्रिय क्रिकेटमा पनि धेरै गल्तिहरु हुन्छन् त्यसैले हामीले अम्पायरलाई दोश दिनु हुँदैन। यो मानव गल्ति हो यस्तो हुन्छ।”

हार पछि पनि आगामी खेलमा आफ्नो गल्ति सुधार्दै अघि बढ्नेमा आफु बिस्वस्त रहेको बताए। युएई क्रिकेट टिमका कप्तान समेत रहेका मुस्तफाले खेलमा आफु रन आउट भएको प्रसंगमा पनि त्यसलाई खेलकै एउटा पाटोको रुपमा लिनु पर्ने प्रतिक्रिया दिए।

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]