ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालको राम्रो सुरुवात

Gyanendra Malla
  • विकेटनेपाल ५ असोज 

ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे पछि भारत भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले राम्रो सुरुवात गरेको छ l

मिलापुर रिक्रियसन क्लबसंग जारि खेलमा यो समाचार तयार गर्दासम्म नेपालले टस जितेर ब्याटिंग गर्दै २६ ओभरमा ९२ रनमा १ विकेट गुमाएकोछ l

ज्ञानेन्द्रले ५ चौका मदतले ५४ रन बनाएर ब्याटिंग गर्दैछन् भने शरद भेसावकर १ चौका मदातले १० र बनाएर ब्याटिंग गरिरहेका छन् l

नेपालले पहिलो विकेटको रुपमा सागर पुनलाई गुमाएको थियो l सागर र ज्ञानेन्द्रले ओपनिंग साझेदारीको रुपमा ६७ रन बनाएका थिए l ५४ बलमा २५ रनको इनिंग खेल्दै सागर १९.५ औ ओभरमा आउट भएका थिए l

भारतको चेन्नाई भ्रमण अन्तर्गत नेपाली टिमले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । तेश्रो अभ्यास खेल सेप्टेम्बर २३ र चौथो २५ तारिकमा खेल्ने तालिका रहेको छ । टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

खेलको अपडेट – http://bit.ly/2yf4RTx 
स्कोरकार्ड- http://bit.ly/2fm1Lcx

नेपालको बिशाल जितमा सोमपालको उत्कृस्ट प्रदर्शन

  • विकेटनेपाल, ३ असोज 

अभ्यास खेल खेल्न भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टिमले तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सोमपाल कामिले ब्याटिंग र बलिंग दुवैतर्फ राम्रो योगदान दिएका थिए ।

नेपालले पहिले ब्याटिंग गर्दै बनाएको २१६ रनको जवाफमा ब्याटिंग गरेको डीन्डीगुल ड्रयागन्सले दोश्रो इनिंगमा मात्र ६३ रनमै सबै विकेट गुमाउन पुगेको थियो ।

नेपालको लागि सोमपाल कामि, सागर पुन र सन्दिप लामिछानेले समान २-२ विकेट हात पारेका थिए । यस्तै पहिलो पटक नेपाली टिममा स्थान बनाएका सुशील कंडेल र ललित सिंह भण्डारीले १-१ विकेट हात पारे ।

यस अघि टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा २१६ रन बनाएको थियो ।  स्कोरकार्ड

तमिलनाडु प्रिमियर लिगको टिम डीन्डीगुल ड्रयागन्ससंगअभ्यास खेल खेलेको नेपाली टिमले पहिलो ६ विकेट ८५ रनको स्कोरमा गुमाएको थियो ।

६ विकेट गुमेपछि सोमपाल कामि र बसन्त रेग्मीले शतकीय साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ लगेका थिए ।

सोमपालले ४ छक्का र २ चौका मदतले ७७ बलमा ६६ रन बनाएका थिए । बसन्त रेग्मीले अविजित ५६ रन बनाउने क्रममा २ छक्का र १ चौका प्रहार गरे । दुवैले सातौं विकेटको लागि १०७ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि ओपनिंग ब्याट्सम्यान  ज्ञानेन्द्र मल्लले ३९ रनको योगदान दिएका थिए । मल्लले २ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर सागर पुनले १५ रन बनाएका थिए भने शरद भेसावकरले १ रन बनाउदा कप्तान पारस खड्का १ रनमै पेभेलियन फर्किएका थिए । आरिफ शेखले २१ रन बनाए भने बिनोद भण्डारीले १ रन मात्रै बनाउन सके ।

डीन्डीगुलका बलर एस अर्भिन्द एक्लैले ४ विकेट हात पारे। १० ओभर बलिंग गरेका उले २ मेडन ओभर सहित ३६ रन खर्चका थिए ।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]