ओमान सिरिजबाट ज्ञानेन्द्र मल्लले नाम फिर्ता लिए

२०७६ भाद्र १७, मंगलवार ०८:१०

अक्टोबर ५ देखि १० सम्म ओमानमा आयोजना हुने टि-२० अन्तर्राष्ट्रिय सिरिजबाट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो नाम फिर्ता लिएका छन्।

नेपाल सहित आयोजक ओमान, हंगकंग , आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुने प्रतियोगिता अन्तर्गत नेपालले अक्टोबर ६ तारिकमा हंगकंगसंग पहिलो खेल खेल्नेछ। यस्तै अक्टोबर ७ मा नेदरल्याण्डसंग दोश्रो खेल, अक्टोबर ९ मा आयरल्याण्डसंग तेश्रो खेल तथा अक्टोबर १० मा आयोजक ओमानसंग चौथो खेल खेल्नेछ।

राष्ट्रिय टिमका मिडिया म्यानेजर सुरज शाक्यले मंगलबार बिहान एक प्रेस बिज्ञप्ति जारि गर्दै मल्ल नखेल्ने जानकारी गराएका हुन्। प्रतियोगिता आउनु १ महिना अझै बाँकी रहेको अवस्थामा मल्लले किन नाम फिर्ता लिए भए बिज्ञप्तिमा खुलाइएको छैन। बिज्ञप्तिमा व्यक्तिगत कारणले मल्ल नखेल्ने लेखिएको छ।

नेपाली क्रिकेट टिम हाल दक्षिण एसियाली खेलकुदको लागि टियु मैदानमा तयारीमा व्यस्त रहेको छ। मल्ल हाल टिमसंग अभ्यास भने गरिरहेका छन्।

Gyanendra Malla
ज्ञानेन्द्रले हालसम्म नेपालले खेलेको कुनै पनि टि-२० अन्तर्राष्ट्रिय छुटाएका छैनन्

२०१४ टि-२० विश्वकपमा टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका मल्लले त्यसपछि नेपालले खेलेको कुनै पनि टि-२० अन्तर्राष्ट्रिय छुटाएका छैनन्। सर्वाधिक टि-२० अन्तर्राष्ट्रिय खेल्ने खेलाडी पनि मल्लनै हुन्। मल्ल र सोमपाल कामिले समान २१ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। टि-२० विश्वकप छनौटको १ खेल ढाडको समस्याको कारणले गुमाएका पारसले २० टि-२० अ. खेलेका छन्।

मल्लले २१ टि-२० अन्तर्राष्ट्रियमा १६.७ को औशतले ३३४ रन बनाएका छन्। यस क्रममा उनले एउटा अर्धशतक प्रहार गरेका छन्। मलेसिया बिरुद्ध मल्लले २० बलमा अर्धशतक बनाउदै नेपालको छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy