ज्ञानेन्द्रको शतकमा नेपालले तयार पार्यो २५१ रन

Gyanendra Malla
  • विकेटनेपाल, ५ असोज 

भारत भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा नेपालले मिलापुर रिक्रियसन क्लब बिरुद्ध टस जितेर ब्याटिंग गर्दै नेपालले  २५२ रनको लक्ष दिएको छ l

पुरा ५० ओभरमा नेपालले ७ विकेट गुमाई २५१ रन बनाएको थियो l

नेपालको इनिंगमा ज्ञानेन्द्र मल्लको शतकिय योगदान रह्यो l ओपनिंग ब्याटिंग गरेका मल्ल १०० रन बनाएर रिटायर्ड आउट भएका थिए l शतक प्रहार गर्ने क्रममा १३चौका र १ छक्का प्रहार गरे l

पहिलो विकेटको लागि सागर पुनसंग ६७ रनको साझेदारी गरेका मल्लले दोश्रो विकेटको लागि शरद भेसावकरसंग १०० रन भन्दा बढीको साझेदारी गरेका थिए l

नेपालको लागि शरद भेसावकरले ४८ रनको योगदान दिएका थिए l यस्तै ओपनर सागर पुनले २५, पारस खड्काले २२ रन तथा करन केसीले २० रन बनाए l शरदले ३ चौका प्रहार गरे भने पारसले ३ छक्का तथा करनले १ चौका र २ छक्का प्रहार गरेका थिए l

खेलको अपडेट – http://bit.ly/2yf4RTx 
स्कोरकार्ड- http://bit.ly/2fm1Lcx

भारतको चेन्नाई भ्रमण अन्तर्गत नेपाली टिमले कुल ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । तेश्रो अभ्यास खेल सेप्टेम्बर २३ र चौथो २५ तारिकमा खेल्ने तालिका रहेको छ । टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

यस अघि पहिलो अभ्यास खेलमा नेपालले डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो l

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]