आफूखुसी कोरोना टेस्ट गराएपछि पाकिस्तान बोर्ड हफिजसंग रुस्ट

मोहम्मद हफिजले व्यक्तिगत रुपमा कोरोना टेस्ट गराएपछि पाकिस्तान क्रिकेट बोर्डले हफिजले बोर्डको नियमको उल्लंघन गरेको बताएको छ। बोर्डको अनुमति बिना टेस्ट गराएको भन्दै पिसिबिले आपत्ति जनाएको हो।

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको खेलाडीहरुको कोरोना रिपोर्ट अनुसार १० जना पाकिस्तानी खेलाडीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसको भोलिपल्ट हफिजले छुट्टै कोरोना टेस्ट गराएको रिपोर्ट सार्वजनिक गर्दै आफ्नो कोरोना रिपोर्ट नेगेटिभ रहेको दावी गरेका थिए। 

हफिजले सामाजिक संजालमा आफ्नो रिपोर्ट सार्वजनिक गरेपछि पाकिस्तान क्रिकेट बोर्डका सीइओ वासिम खानले निराशा व्यक्त गरेका छन्। खानका अनुसार हफिजले त्यस्तो गर्नु अघि पाकिस्तान बोर्डसंग सल्लाह गर्नुपर्ने बताएका छन्।

पिसीबि सीइओ वासिम खान

“मैले आज मोहम्मद हफिजसंग कुरा गरे जुन क्रममा उनले गरेको काम प्रति स्पस्टसंग असन्तुष्टि व्यक्त गरे। एउटा व्यक्तिको रुपमा उनिसंग परिक्षण गर्ने अधिकार छ तर उनले त्यस अघि हामिसंग कुरा गर्नु पर्थ्यो। उनको यो कदमले समस्या उत्पन्न भएको छ।”

सीइओ खानले हफिजले सामाजिक संजालमा बोर्डको नियम उल्लंघन गरेको यो पहिलो पटक नभएको पनि बताए –

“हफिजले मिडियामा नियम उल्लङ्घन गरेको यो पहिलो पटक हैन। उनि सेन्ट्रल कन्ट्रयाक्टमा छैनन् तर पाकिस्तानको लागि छनौट भएपछि खेलाडीहरुले विशेषगरि सामाजिक संजालको बारेमा नियमको पालना गर्नुपर्छ। हामी अझै यो समस्या बारे छलफल गरिरहेका छौँ जसले निकै समस्या पैदा गरेको छ” सीइओले एक अन्तर्वार्तामा बताएका छन्।

तिन वटा टि-२० र टेस्ट सिरिज खेल्न पाकिस्तान टिम इंग्ल्यान्ड जानु अघि १० जना खेलाडीमा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि पाकिस्तानले पुनः आज र भोलि सबै खेलाडीहरुको कोरोना टेस्ट गरिरहेको छ। कोरोना पोजेटिभ देखिएका सबै खेलाडीलाई बोर्डले क्वारेन्टाइनमा बस्न आदेश दिएको छ। अब आगामी टेस्टको रिपोर्ट नेगेटिभ आएको खण्डमा खेलाडीहरुलाई इंग्ल्यान्ड भ्रमण गर्ने मौका दिईनेछ।

पाकिस्तान क्रिकेट टिम आइतबार इंग्ल्यान्ड प्रस्थान गर्ने तालिका रहेको छ। पाकिस्तान बोर्डले तालिका अनुसारनै टिम इंग्ल्यान्ड प्रस्थान गर्ने बताईसकेको छ।

इंग्ल्यान्ड पुगेको २४ घण्टा भित्र पुनः सबै खेलाडीहरुको कोरोना टेस्ट हुनेछ। संक्रमित खेलाडीहरुले अब भ्रमणको लागि तयार रहनको लागि २ वटा टेस्ट पास गर्नुपर्नेछ।

“जसलाई कोरोना पोजेटिभ देखिएको छ उनीहरुलाई हामी निरन्तर निगरानी र साथ दिने छौँ। उनीहरुको पुनः परिक्षण गर्नेछौ र नेगेटिभ देखिएमा इंग्ल्यान्ड जान अनुमति दिनेछौँ” सीइओ खानले मंगलबार बताएका थिए।

इंग्ल्याण्डले पाकिस्तानसंग सिरिज खेल्नु अघि वेस्टइन्डिजसंग ८ जुलाई देखि तिन वटा टेस्ट खेल्नेछ। वेस्ट इन्डिज टिम इंग्ल्यान्ड पुगेर पनि १४ दिन क्वारेन्टाइन बसीसकेको छ।

इंग्ल्यान्डमा पाकिस्तानी टिम पुगीसकेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नेछन्। त्यहाँ पुगीसकेपछि पनि खेलाडीहरुले अन्य कोहिसंग पनि सम्पर्क गर्नेछैनन्।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]