हफिज चम्किदा पाकिस्तानद्वारा इंग्ल्यान्ड पराजित

अन्तिम टि-२० मा घरेलु टिम इंग्ल्यान्डलाई ५ रनले पराजित गर्दै पाकिस्तानले तिन टि-२० को सिरिज १-१ को बराबरीमा अन्त्य गरेको छ।

पहिलो टि-२० वर्षाका कारण नतिजाविहिन रहेपछि दोश्रो टि-२० मा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो। यो संगै इंग्ल्यान्डले लगातार ६ वटा टि-२० सिरिज जित्ने चाहनामा पाकिस्तान बाधा बनेको छ। यस अघि टेस्ट सिरिजमा भने इंग्ल्यान्ड १-० ले विजयी भएको थियो।

ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८५ रन बनाउन सकेको हो।

रोमान्चक अन्त्य 

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डलाई अन्तिम २ ओभरमा २० रन आवस्यक थियो र क्रिजमा ६० रन बनाएर मोइन अलि ब्याटिंग गर्दै थिए। जित इंग्ल्यान्डको पक्षमा जाने सम्भावना थियो। तर १९ औं ओभर बलिंग गर्न आएका वहाव रियाजले ओभरमा मात्र ३ रन खर्चेर अलिलाई पेभेलियन फर्काउदै पाकिस्तानलाई खेलमा फर्काएका थिए। त्यसपछि अन्तिम २ बलमा जित्न १३ रन चाहिदा पाँचौ बलमा टम करनले छक्का हिर्काएता पनि अन्तिम बल हरिश रौफले डट बल गर्दा इंग्ल्यान्ड विजयी भएको थियो।

इंग्ल्यान्डको लागि मोइन अलिले सर्वाधिक ६१ रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र ४ छक्का हिर्काए। यस्तै ओपनर टम बान्टनले ४६ ( ३१ बलमा ८ चौका ) रन बनाए।

मोइन अलिले ६१ रन बनाए

एक समय ६९ रनमा इंग्ल्यान्डले ४ विकेट गुमाइसकेको थियो। जोनी बेयरस्तो ( ० ) , दविड मलान ( ७ ) , ओएन मोर्गन ( १) तथा बान्टन आउट भएपछि पाकिस्तान खेलमा हावी बनेको थियो। त्यसपछि मोइन अलिले एक किनार सम्हाल्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए। अलिले पाँचौ विकेटको लागि स्याम बिलिंग्स ( २६ रन ) संग ५७ रनको साझेदारी गरेका थिए। त्यसपछि छैठौं विकेटको लागि लुइस ग्रेगोरी ( १२ रन ) संग ४४ रनको साझेदारी गरे।

दोश्रो खेलका नायक खेलाडी तथा कप्तान ओएन मोर्गन सरफराजएहमदबाट सातौँ ओभरमा रन आउट हुनु इंग्ल्यान्डलाई ठुलो घाटा सावित भयो। उनले ५ बलमा १ छक्का मद्दतले १० रन बनाएको बेला रन आउट भएका थिए। १९ औं ओभरमा क्रिस जोर्डनको विकेट अनि पाकिस्तानले रन आउटको रुपमा लिएको थियो।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदी ( ४-२८-२ ) र वहाव रियाज ( ४-२६-२ ) ले समान २ विकेट लिए भने इमाद वासिम र हरिश रौफले १/१ विकेट लिए।

हफिजको अर्को उत्कृस्ट इनिंग, चुनिए प्लेयर अफ द सिरिज 

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो।

पहिलो खेलमा ६९ रन बनाएका हफिजले दोश्रो खेलमा पनि उत्कृस्ट ब्याटिंग गर्ने क्रममा अविजित ८६ रन बनाए। त्यसक्रममा उनले ५२ बलमा ४ चौका र ६ छक्का हिर्काए। यस्तै टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हैदर अलिले अर्धशतक बनाउने क्रममा ३३ बलमा ५४ रन बनाए जसमा ५ चौका र २ छक्का सामेल थियो। डेब्यु टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तानि ब्याट्सम्यानको यो पहिलो अर्धशतक हो।

हैदर अलि टि-२० अन्तर्राष्ट्रिय डेब्युमा अर्धशतक बनाउने पहिलो पाकिस्तानी ब्याट्सम्यान बने

ओपनर फखर जमान १ रन तथा कप्तान बाबर आजम २१ रन बनाएर आउट भएपछि हैदर र हजिफ बीच तेश्रो विकेटको रुपमा १०० रनको साझेदारी भएको थियो। हैदरको विकेट पछि हफिजले शदाब खान ( १५ रन ) संग चौथो विकेटको लागि ४५ रनको साझेदारी गरे।

इंग्ल्यान्डको बलिंगमा क्रिस जोर्डनले २ ( ४-२९-२ ) तथा मोइन अलि ( १-१०-१ ) र टम करन ( ४-३२-१ ) ले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच र सिरिज दुवै मोहम्मद हफिज चुनिए।

इंग्ल्यान्डले अब अस्ट्रेलियासंग सेप्टेम्बर ४ देखि टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सेप्टेम्बर ४, ६ र ८ मा तिन वटा टि-२० सिरिज पछि दुइ देशले सेप्टेम्बर ११, १३ र १६ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछैन।

सम्बन्धित :-

https://wicketnepal.com/engl-leave-out-joe-root-for-australia-t20is/

https://wicketnepal.com/eng-vs-pak-2nd-t20i-rep-wn20/

https://wicketnepal.com/babar-kohli-t20-avrg-wn20/

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-jamaica-7th-m-rep-wn20/

https://wicketnepal.com/sandeep-bowling-wn20-2nd-m-vs-tnr-1st-in/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/

https://wicketnepal.com/dhoni-batting-line-up-gambhir-ipl-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy