हेजलवुडले स्कटल्यान्डसँगको खेल गुमाउने

एजेन्सी । जोस हेजलवुडले अर्को महिना स्कटल्यान्डविरुद्धको टी–२० सिरिज गुमाउने भएका छन् । गत साता प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि हेजलवुडले सिरिज गुमाउने भएका हुन् ।

उनको स्थानमा टोलीमा राइली मेरिडिथलाई समावेश गरिएको छ । हेजलवुडको चोटलाई सामान्य मानिएको छ । उनी सेप्टेम्बरको अन्त्यमा इंग्ल्याण्डविरुद्धको टी२० आई र ओडिआई सिरिजका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

स्कटल्यान्डविरुद्धको सिरिजमा मेरिडिथ, जेभियर बार्टलेट, सन एबोट र नाथन एलिसका साथै अलराउन्डर क्यामरुन ग्रीन, आरोन हार्डी र मार्कस स्टोइनिस टोलीमा समावेश गरिएको छ ।

अष्ट्रेलिया सोमबार स्कटल्यान्ड प्रस्थान गर्नेछ । सेप्टेम्बर ४ मा पहिलो टि२० आई रहेको छ ।

स्कटल्यान्डविरुद्ध अस्ट्रेलियाको टी–२० टोली

मिचेल मार्श (कप्तान), सन एबोट, जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, नाथन एलिस, जेक फ्रेजर-म्याकगर्क, क्यामरुन ग्रीन, आरोन हार्डी, ट्राभिस हेड, जोश इंगलिस , रिले मेरिडिथ, मार्कस स्टोइनिस र एडम जाम्पा





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]