निराशाजनक सुरुवात पछि वेस्टइन्डिज कप्तान पोलार्डले भने – “यो प्रदर्शन स्वीकार्य छैन”

२०७८ कार्तिक ६, शनिबार २२:५०

प्रतियोगिताको पहिलो खेलमा इंग्ल्यान्डसंग लज्जास्पद प्रदर्शन गरेपछि वेस्टइन्डिज कप्तान काईरन पोलार्डले टिमको प्रदर्शन स्वीकार्य नभएको बताएका छन्। युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिज ५५ रनमै समेटिन पुगेपछि इंग्ल्यान्डले लक्ष्य ८.२ ओभरमा ४ विकेट गुमाएर भेटायो।

हारपछि बोल्दै पोलार्डले बताए – “धेरै कुरा भनिराख्नु पर्दैन। यो प्रदर्शन स्वीकार्य छैन। तर हामिले यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ।”आज त्यस्तो दिन थियो हामीले सन्तुलन पाउन सकेनौ तर हामीले बिर्सेर अघि बढ्नुपर्छ।”

“यो अन्तर्राष्ट्रिय खेल हो र यस्तो हुने गर्छ। तर हामीले उपाय पत्ता लगाउनुपर्छ। हामीले विश्वभर टि-२० क्रिकेट खेलेका छौँ र यस्तो हामीले अनुभव गरेका छौँ। यस्तो दिन स्वीकार गर्नुपर्छ। सबै खेल महत्वपूर्ण छ र हामिसंग अझै ४ खेल बाँकी छ जसको लागि हामी सकारात्मक हुनु आवस्यक छ।”

सानो योगफलका बाबजुद वेस्टइन्डिजले इंग्ल्यान्डको ४ विकेट लिन सफल भयो। देब्रे हाते स्पिनर अकेल होसेनले २ विकेट लिए। फाबियन एलेन घाइते हुँदा प्रतिस्थापनको रुपमा मौका पाएका एलेनको पोलार्डले तारिफ गरे – “अकेलले प्रतिस्थापनको रुपमा मौका पाए र जे हुन्छ राम्रोको लागि हुन्छ। उनले घरेलु क्रिकेटमा निकै मेहनत गरेका छन्। उनिसंग गजबको उर्जा छ र उनको एटिट्युड गजबको छ।”

जितपछि इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले बलरहरुको तारिफ गरे – “सुरुवात राम्रो रह्यो जसको लागि बलिंग युनिटलाई श्रेय जान्छ। मलाई लाग्छ विकेट राम्रो थियो तर बलरहरुले उत्कृस्ट बलिंग गरे। हिले सबै मौकाको सदुपयोग गर्यौं त्यसैले जितको हकदार रह्यौं। हामीले केहि राम्रो क्क्याच लियौं जसको लागि प्रशिक्षण टिमलाई श्रेय जान्छ। हामीले नेट रन रेटलाई ध्यानमा राखेर आक्रामक ब्याट्सम्यानहरुलाई अगाडी पठायौं।”

प्रतियोगिता अन्तर्गत इंग्ल्यान्डले दोश्रो खेल अक्टोबर २७ तारिखमा बंगलादेशसंग तथा वेस्टइन्डिजले अक्टोबर २६ तारिखमा दक्षिण अफ्रीका बिरुद्ध खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy