निराशाजनक सुरुवात पछि वेस्टइन्डिज कप्तान पोलार्डले भने – “यो प्रदर्शन स्वीकार्य छैन”

प्रतियोगिताको पहिलो खेलमा इंग्ल्यान्डसंग लज्जास्पद प्रदर्शन गरेपछि वेस्टइन्डिज कप्तान काईरन पोलार्डले टिमको प्रदर्शन स्वीकार्य नभएको बताएका छन्। युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिज ५५ रनमै समेटिन पुगेपछि इंग्ल्यान्डले लक्ष्य ८.२ ओभरमा ४ विकेट गुमाएर भेटायो।

हारपछि बोल्दै पोलार्डले बताए – “धेरै कुरा भनिराख्नु पर्दैन। यो प्रदर्शन स्वीकार्य छैन। तर हामिले यसलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ।”आज त्यस्तो दिन थियो हामीले सन्तुलन पाउन सकेनौ तर हामीले बिर्सेर अघि बढ्नुपर्छ।”

“यो अन्तर्राष्ट्रिय खेल हो र यस्तो हुने गर्छ। तर हामीले उपाय पत्ता लगाउनुपर्छ। हामीले विश्वभर टि-२० क्रिकेट खेलेका छौँ र यस्तो हामीले अनुभव गरेका छौँ। यस्तो दिन स्वीकार गर्नुपर्छ। सबै खेल महत्वपूर्ण छ र हामिसंग अझै ४ खेल बाँकी छ जसको लागि हामी सकारात्मक हुनु आवस्यक छ।”

सानो योगफलका बाबजुद वेस्टइन्डिजले इंग्ल्यान्डको ४ विकेट लिन सफल भयो। देब्रे हाते स्पिनर अकेल होसेनले २ विकेट लिए। फाबियन एलेन घाइते हुँदा प्रतिस्थापनको रुपमा मौका पाएका एलेनको पोलार्डले तारिफ गरे – “अकेलले प्रतिस्थापनको रुपमा मौका पाए र जे हुन्छ राम्रोको लागि हुन्छ। उनले घरेलु क्रिकेटमा निकै मेहनत गरेका छन्। उनिसंग गजबको उर्जा छ र उनको एटिट्युड गजबको छ।”

जितपछि इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले बलरहरुको तारिफ गरे – “सुरुवात राम्रो रह्यो जसको लागि बलिंग युनिटलाई श्रेय जान्छ। मलाई लाग्छ विकेट राम्रो थियो तर बलरहरुले उत्कृस्ट बलिंग गरे। हिले सबै मौकाको सदुपयोग गर्यौं त्यसैले जितको हकदार रह्यौं। हामीले केहि राम्रो क्क्याच लियौं जसको लागि प्रशिक्षण टिमलाई श्रेय जान्छ। हामीले नेट रन रेटलाई ध्यानमा राखेर आक्रामक ब्याट्सम्यानहरुलाई अगाडी पठायौं।”

प्रतियोगिता अन्तर्गत इंग्ल्यान्डले दोश्रो खेल अक्टोबर २७ तारिखमा बंगलादेशसंग तथा वेस्टइन्डिजले अक्टोबर २६ तारिखमा दक्षिण अफ्रीका बिरुद्ध खेल्ने तालिका रहेको छ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]