चेन्नाईका भेट्रान स्पिनर हरभजनले आईपीएल नखेल्ने, कारण यस्तो

आईपीएल टिम चेन्नाई सुपर किंग्सका भेट्रान अफ-स्पिनर हरभजन सिंहले यो सिजन आईपीएलबाट नाम फिर्ता लिएका छन्। अफस्पिनर सिंह अझै पनि युएई पुगेका थिएनन्। आईपीएल सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ।

“व्यक्तिगत कारणहरुले गर्दा मैले आईपीएलबाट नाम फिर्ता लिएको छु” सिंहले बताएका छन्। “म कठिन समयबाट गुज्रिरहेको छु जुनकुरामा म गोप्यता चाहन्छु।  चेन्नाई टिम व्यवस्थापनले मलाई निकै साथ दिएको छ र म टिमलाई आईपीएलको सुभकामना दिन्छु। जय हिन्द” सिंहले ट्वीटरमा लेखेका छन्।

चेन्नाईका अर्का ठूला क्रिकेटर सुरेश रैना पछि व्यक्तिगत कारण देखाउदै नाम फिर्ता लिने सिंह दोश्रो क्रिकेटर हुन्।

४० वर्षीय अनुभवी अफस्पिनर पछिल्लो २ वर्ष देखि चेन्नाईबाट खेल्दै आएका छन्। भारतको पन्जाब, जालन्धर निवासी सिंहले व्यक्तिगत कारण गोप्य राखेका छन्। उनि युएई जानु अघि चेन्नाईमा भएको टिमको अभ्यासमा समेत सामेल भएका थिएनन्।

कारण यस्तो :  हरभजनले आफ्नो आमा बिरामी भएका कारण उनको हेरचाह गर्नको लागि सिंह यो सिजन नखेल्ने निर्णयमा पुगेको बताईएको छ। भारतीय पत्रिका दैनिक जागरणले उक्त दावी गरेता पनि हरभजनले अधिकारिक रुपमा त्यसलाई पुस्टि गरेका छैनन्।

गत सिजन आईपीएलमा चेन्नाई उपविजेता हुँदा हरभजनले ११ खेलमा १६ विकेट लिएका थिए

आईपीएलको तेश्रो सर्वाधिक विकेटकर्ता हुन् सिंह

हरभजन आईपीएल इतिहासकै सबैभन्दा धेरै विकेट लिने खेलाडीहरुको सूचीमा तेश्रो स्थानमा रहेका छन्। उनले १६० खेलमा १५० विकेट लिएका छन्। आईपीएलको १२ वर्षको इतिहासमा उनि भन्दा बढी विकेट लासिथ मलिंगा ( १७० ) र अमित मिश्रा ( १५७ ) ले लिएका छन्। पछिल्लो २ सिजन चेन्नाईबाट खेलेका सिंह त्यसअघि लामो समय मुम्बई इन्डीएन्सबाट खेलेका थिए। गत सिजन आईपीएलमा चेन्नाई उपविजेता हुँदा हरभजनले ११ खेलमा १६ विकेट लिएका थिए र धेरै विकेट लिने सूचीमा १० औं स्थानमा रहेका थिए।

यो पनि पढ्नुस :-

CPLT20 : सन्दिप सम्मिलित जमैका सेमीफाइनलमा, बार्बेडोस बाहिरियो

IPL : स्टेनको नाममा छ आईपीएलमा सबैभन्दा तिब्र गतिको बलिंगको रेकर्ड, जान्नुस कति थियो गति

नेपाली टिमको मुख्य प्रशिक्षक सहित १० पदको लागि क्यानद्वारा आवेदन माग

लंका प्रिमियर लिगको मिति घोषणा

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

“कोहि पनि ठोस कारण बिना २० करोड छोडेर हिड्दैन” – सुरेश रैना

IPL : सबैभन्दा सफल बलर मलिंगाले आईपीएल नखेल्ने, अस्ट्रेलियन बलरले प्रतिस्थापन गर्ने





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]