हार्दिक पान्ड्याले यो सिजन बलिंग गर्छन् कि गर्दैनन् ? जाहिर खानले दिए अपडेट

हार्दिक पान्ड्या वर्तमानमा भारतीय टिममा उत्कृस्ट अलराउण्डर मध्येका एक हुन्। तर २०१९ मा पान्ड्या ढाडको चोट पछि संघर्ष गर्नुपर्यो। गत वर्ष नोभेम्बरमा ढाडको सर्जरी पछि उनले यो वर्ष मार्चमा प्रतिस्पर्धात्मक क्रिकेटमा कम्ब्याक गरे। आईपीएल २०२० को पहिलो दुइ खेलमा हार्दिकले बलिंग गरेका छैनन्। अझै पनि उनले बलिंग गर्ने छन् या छैनन् पक्का छैन्।

मुम्बई इन्डीएन्सका क्रिकेट निर्देशक तथा पूर्व भारतीय फास्ट बलर जाहिर खानले पान्ड्याले बलिंग गर्ने चाहना राखेता पनि टिम व्यवस्थापनले उनको शरीरलाई ध्यानमा राखेर त्यो अनुमति नदिएको बताएका छन् –

“हामि सबै उनले बलिंग गरुन् भन्ने चाहन्छौ। उनि त्यस्ता क्रिकेटर हुन् जसले बलिंग गरेमा टिमको सन्तुलन परिवर्तन गर्ने गर्छन्।” जाहिरले बैंगलोरसंग तेश्रो खेल अघि पत्रकार सम्मेलनमा बताए।

“तर हामीले उनको शरीरलाई सुन्नु पर्छ र हामि निरन्तर फिजियोसंग सल्लाह लिईरहेका छौँ।”

हार्दिकले लिगको पहिलो २ खेलमा कोलकाता बिरुद्ध १८ र चेन्नाई बिरुद्ध १४ रन बनाएका थिए।

“हामि उनले छिट्टै बलिंग गरेको हेर्न चाहन्छौ। उनि बलिंग गर्न निकै चाहीरहेका छन् तर हामिले धैर्यता राख्नुपर्छ र शरीरलाई सुन्नुपर्छ। जुनसुकै बलरलाई चोटले निकै ठूलो असर गर्छ।”

हार्दिकले लिगको पहिलो २ खेलमा कोलकाता बिरुद्ध १८ र चेन्नाई बिरुद्ध १४ रन बनाएका थिए।

“हामि उनलाई ब्याट्सम्यानको रुपमा पाउदा खुसि छौ र उनि पूर्णत फिट भएर योगदान दिईरहेका छन् त्यो उत्साहित गर्ने कुरा हो। आशा गर्छु तपाईहरुले उनलाई छिट्टै बलिंग गर्दै गरेको देख्नु हुनेछ।” खानले बताए।

२६ वर्षीय पान्ड्याले आईपीएलमा ६८ खेल खेल्दा ४२ विकेट लिएका छन् भने १५४.२८ को स्ट्राइक रेटमा १,१०० रन पनि बनाएका छन्।

मुम्बईले लिग अन्तर्गत तेश्रो खेलमा सोमबार बैंगलोरसंग प्रतिस्पर्धा गर्दैछ।

IPL मा आज : कोहली र रोहितको टिम आमने-सामने ( सम्पूर्ण जानकारी )

‘हिरो’ बनेका तेवतिया जब सबैको लागि ‘भिलेन’ बन्दै थिए

IPL 2020 : अरेन्ज र पर्पल क्याप दौडमा राहुल र शामी अघि, हेर्नुस ताजा अंकतालिका

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy