हार्दिक पान्ड्या र दिनेश कार्तिक विश्व ११ बाट खेल्ने

  • विकेटनेपाल – २० बैशाख, बिहिवार 

भारतीय क्रिकेट टोलिका स्टार अलराउण्डर हार्दिक पान्ड्या र विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक आइसीसी विश्व ११ को टोलिबाट खेल्ने भएका छन् । यहि ३१ मे मा इंग्ल्याण्डको लर्ड्समा हुने वेस्ट इन्डिज बिरुद्दको टि-२० खेलका लागि भारतीय दुई खेलाडीलाई विश्व ११ को टोलिमा समावेश गरिएको हो ।

च्याम्पियन्स ट्रफीको फाइनलमा लर्ड्समा ब्याटिंग गर्दै पान्ड्य (फोटो: आइसीसी)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ट्वीटर मार्फत दुई भारतीय खेलाडीको सहभागिताको पुष्टि गरेको हो । सन् २०१७ को टि-२० विश्व कप बिजेता राष्ट्र वेस्ट इन्डिज र विश्व ११ बीच क्रिकेटको मक्का लर्ड्समा च्यारिटी खेल संचालन हुँदै छ । सो खेलको टिकट बिर्कीबाट उठेको पैसा क्यारेबियन क्षेत्रमा गत बर्षको आंधीहुरीले क्षति पुगेका मानिसको लागि खर्च हुनेछ ।

यसैबीच आइसीसी विश्व ११ को टोलीको कप्तानी इंग्ल्याण्डका राष्ट्रिय टोलिका कप्तान ओइएन मोर्गनले गर्ने निश्चित भैसकेको छ । विश्व ११ को टोलिमा पान्ड्या, कार्तिक र मोर्गनसँगै शहिद अफ्रिदी , शोएब मालिक, शाकिव अल हसन, तमीम इक्बाल र थिसारा परेराको सहभागिता हुने यकिन भैसकेको छ ।

च्याम्पियन्स ट्रफी अगाडी वार्मअपमा ब्याटिंग गर्दै कार्तिक (फोटो: आइसीसी)

इंग्ल्याण्ड क्रिकेट बोर्डका पुर्व प्रमुख जिलेस क्लार्कले पान्ड्या र कार्तिकको सहभागिताका बिषयमा बोल्दै यो भारतीय क्रिकेट टोलिका फ्यानहरुका लागि खुशीको खबर भएको बताएका छन् । उनले भने, यी दुवै भारतीय क्रिकेटरले खेलमा आफ्नो कौशल र कला ल्याउने र खेललाई अझ रोमान्चक बनाउने छन् । पान्ड्याले अन्तिम पटक लर्ड्समा पाकिस्तान बिरुद्द च्याम्पियन्स ट्रफीको फाईनलमा ४३ बलमा बनाएको ७६ रन सायद कसैले भुलेका छैनन्।” उनले थपे, “पछिल्लो समय कार्तिक समेत उत्कृस्ट लयमा रहेका छन् र उनले केहि दिन अघि निदहासा ट्रफीको फाइनलमा ८ बलमा २९ रन बनाएर अन्तिम बलमा छक्का प्राहार गर्दै भारतलाई जित दिलाएका थिए । उनले लर्ड्समा टेस्ट समेत खेलिसकेका छन् र उनको उपस्थितिले खेलमा अझ रोमान्चकता थप्ने छ ।”

*समाचार टाइम्स अफ इन्डियाको सहयोगमा बनाइएको हो





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]