ओएसीसलाई जिताउन हरि चौहानको उत्कृस्ट प्रदर्शन – आरपीएल टि-२०

Hari Chauhan

फिचर फोटो – हरि चौहान ( फाइल तस्बिर )

  • विकेटनेपाल, १६ असोज – मंगलबार 

रौतहटमा जारि रौतहट प्रिमियर लिग आरपीएल टि-२० अन्तर्गत मंगलबार सम्पन्न खेलमा ओएसीस क्रिकेट एकेडेमी र रौतहट-११ ले जित हात पारेका छन्।

ओएसीसले नेपाल क्रिकेट स्कुललाई तथा रौतहट-११ ले ओमेगा क्रिकेटलाई पराजित गर्यो। जितसंगै ओएसीस  र रौतहट-११ क्वार्टरफाइनल प्रवेश गरेको छ। यस अघिनै धनगढी क्रिकेट एकेडेमी र मलपोखरी क्वार्टरफाइनल प्रवेश गरिसकेको छ।

ओएसीसको जितमा हरि चौहान उत्कृस्ट  

ओएसीस क्रिकेट एकेडेमीले टस हारेर फिल्डिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११६ रनको योगफल तयार गर्यो।

ओएसीसको लागि सुरज पटेलले सर्वाधिक ३७ रन बनाए भने महबुब आलमले १९, नितेश थापाले १२ तथा हसिम अन्सारी र आदील खानले समान १० रन योगदान दिए। नेपाल क्रिकेट स्कुलको लागि बलिङ्गमा मिर्नल गुरुङ्गले सर्वाधिक ३ ( ४-०-१२-३ ) तथा रिजन ढकालले २ ( ४-०-१४-२ ) विकेट लिए।

जवाफमा  ११७ रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेट स्कुलले १७.३ ओभरमा ८३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

Hari Chauhan
Hari Chauhan ( File Photo )

ओएसीसका बलर हरि चौहान एक्लैले ४ विकेट लिंदै क्रिकेट स्कुलको माथिल्लो क्रम ध्वस्त पारेका थिए। चौहानले ४ ओभरमा मात्र ९ रन खर्चेर शिर्ष ३ ब्याट्सम्यानको विकेट लिए। यस्तै हसिम अन्सारीले २ विकेट लिंदा मेहबुब आलम, नितेश थापा, पुस्प थापा र रोशन पुलामीले समान १ विकेट आफ्नो नाम गरे।

नेपाल क्रिकेट स्कुलको लागि दिनेश अधिकारीले सर्वाधिक ३४ रन ( २२ बलमा ३ छक्का र ३ चौका ) तथा बबिन शर्माले २३ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन।

हरि चौहान खेलको प्लेयर अफ द म्याच चुनिए।

रौतहट ११ बिजयी 

आजै सम्पन्न दोश्रो खेलमा रौतहट-११ ले ओमेगा क्रिकेटलाई ५८ रनले पराजित गर्यो।

टस हारेर ब्याटिंग गरेको रौतहटले २० ओभरमा ७ विकेट गुमाएर १२७ रनको योगफल तयार गर्यो। उसको लागि अशु कन्डोईले सर्वाधिक ४० रन बनाए। जवाफमा ब्याटिंग गरेको ओमेगा ६९ रनमा समेटिन पुग्यो र ५८ रनको हार बेहोर्यो। रौतहट बलर बिक्रम साहले ३ विकेट हात पारे र प्लेयर अफ द म्याच समेत घोषित भए।

प्रतियोगिता अन्तर्गत बुधबार २ वटा खेल हुनेछन्। वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी र गडीमाई तथा  नेपाल पुलिस क्लब र लायन्स युवा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]