खुकुरी कप- हरिको आक्रामक इनिंगले मकवानपुर क्वार्टरफाइनलमा

hari chauhan
  • विकेटनेपाल, माघ २७ – शनिबार

मुलपानी मैदानमा जारि खुकुरी च्यालेंजर्स टी- २० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका दुई खेलमा इन्टर डिस्ट्रिक स्पोर्ट्स क्लब र मकवानपुर क्रिकेट क्लबले जित हात पारेका छन्। समुह ‘डी’ अन्तर्गत ३ खेलमा ३ वटै जित हात पार्दै मकवानपुर क्रिकेट क्लब प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।

३ खेल खेलेको रौतहट ११ र इन्टर डिस्ट्रिक्ट स्पोर्ट्स क्लबले २/२ जित र १/१ हार बेहोर्दै क्वार्टर-फाइनल पुग्ने दोश्रो टिम हुन प्रतिस्पर्धा गरिरहेका छन्। सोमबार मकवानपुरले रौतहट तथा टिकापुरले इन्टर डिस्ट्रिक्टको सामना गर्नेछ जुन खेल पछि क्वार्टरफाइनल पुग्ने अर्को टिमको निर्णय हुनेछ।

अंक तालिका 

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Makwanpur Cricket Club 3 3 0 0 9
Rautahat XI 3 2 1 0 6
Inter – District Sport Club 3 2 1 0 6
Tikapur Cricket 3 1 2 0 3
Butwal Cricket Boys 4 0 4 0 0

पहिलो खेल: इन्टर डिस्ट्रिक स्पोर्ट्स क्लब Vs बुटवल क्रिकेट बोयज

आज भएको पहिलो खेल अन्तर्गत इन्टर डिस्ट्रिक स्पोर्ट्स क्लबले बुटवल क्रिकेट बोयजलाई २२ रनले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको इन्टर डिस्ट्रिकले १७ ओभरमा छोट्याईएको खेलमा ९ विकेट गुमाएर १२६ रनको योगफल तयार पारेको थियो। पहिलो विकेटको लागि दिल बोहरा र प्रकाश जैसीले ६२ रनको साझेदारी गरे। बोहराले २७ रन (२५ बल, २ चौका, १ छक्का) र जैसीले २० रन (१९ बल, ३ चौका) बनाए।

म्यान अफ द म्याच आयुष पाण्डे

त्यस्तै २३ रन अतिरिक्त पाएको इन्टर डिस्ट्रिकका लागि अविराज रोएले २५ रन (१८ बल, ३ छक्का) तथा सुशान्त क्षेत्रीले अविजित १७ रन बनाउन १० बलमा १ चौका र १ छक्का हाने ।

पराजयका बाबजुत म्यान अफ द म्याच घोषित बुटवलका लागि ४ विकेट लिन आयुष पाण्डेले ४ ओभरमा मात्र १७ रन खर्चिए।

जवाफमा निर्मल थापाले अविजित ७१ रन बनाएपनि बुटवलले १७ ओभरमा ३ विकेट गुमाएर मात्र १०४ रन बनाउन सक्यो । ५९ बल सामना गरेका निर्मलले ८ चौका र १ छक्का प्रहार गरे।

दोश्रो खेल: मकवानपुर क्रिकेट क्लब Vs टिकापुर क्रिकेट क्लब

यस्तै आजै भएको दोश्रो खेलमा मकवानपुर क्रिकेट क्लबले टिकापुर क्रिकेट क्लबलाई १९ रनको अन्तरले पराजित गर्यो।

मकवानपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको टिकापुरले १७ ओभरमा छोट्याईएको खेलमा ९ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो । टिकापुरका लागि रबिन्द्र जंग शाहीले ४६ रन (२७ बल, ७ चौका) र राजन सेरचनले ४४ रन (४७ बल, २ चौका, २ छक्का) बनाएपनि जितका लागि पर्याप्त हुन सकेन।

मकवानपुरका हसिम अन्सारी र रोबिन गुरुङले समान ३/३ विकेट लिए।

हरि चौहान

यसअघि ब्याटिंग गरेको मकवानपुरले १७ ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। उसको  जितमा म्यान अफ द म्याच घोषित हरि चौहानले ४९ रन (३२ बल, ३ चौका, ३ छक्का) तथा सुमन सुनारले १४ बलमा १ चौका र २ छक्का सहित आक्रामक अविजित २९ रन बनाए।

भोलि हुने खेल 

पहिलो खेल – बालुवाटार क्रिकेट क्लब Vs रोयल पिसी फाइटर
दोश्रो खेल – त्रिमुर्ति ब्वाइज Vs आईओई पुल्चोक

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Baluwatar Cricket Club 3 3 0 0 9
Royal PC Fighter 3 3 0 0 9
IOE Pulchowk 3 1 2 0 3
Lord Buddha Cricket Club 4 1 3 0 3
Trimurty Boys 3 0 3 0 0




थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]