एकै खेलमा हरि चौहानको ह्याट्रिक र शतक , नयाँ इतिहास कायम ( फोटो फिचर )

  • विकेटनेपाल, १६ जेठ 

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा प्रदेश नम्बर-४ ले प्रदेश नम्बर-१ लाई १२९ रनले पराजित गर्ने क्रममा प्रदेश नम्बर-४ का खेलाडी हरि चौहानले नेपाली क्रिकेटमा इतिहास कायम गरेका छन्। चौहानले नेपाली घरेलु क्रिकेटकै इतिहासमा पहिलो पटक एकै खेलमा शतक र ह्याट्रिक लिएका हुन्। स्कोरकार्ड हेर्नुस  , बल-बलको अपडेट 

Hari Chauhan
Hari Chauhan

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर-४ को लागि चौथो नम्बरमा ब्याटिंग गरेका चौहानले ११५ बलमा १ छक्का र ८ चौका प्रहार गर्दै प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका थिए। त्यसपछि दोश्रो इनिंगमा चौहानले ४ विकेट लिने क्रममा इनिंगको ३५ औं ओभरको चौथो, पाँचौ र छैठौ बलमा लगातार ३ विकेट लिंदै ह्याट्रिक पुरा गरेका हुन्।

Hari Chauhan
Hari Chauhan

ह्याट्रिक लिने क्रममा उनले फिर्दोश अन्सारीलाई विकेटकिपरको हातबाट क्याच आउट, मनोज तामांगलाई एलबिडब्लु तथा अभ्यास तिमिल्सिनालाई बोल्ड गरेका थिए। उनले खेलमा कुल ४ विकेट लिन ५ ओभरमा १९ रन खर्चिए।

खेलमा प्रदेश नम्बर-४ ले पहिले ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३१० रनको योगफल तयार गरेको थियो। ३११ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर-१ ले ३५ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो। स्कोरकार्ड हेर्नुस 

Hari Chauhan
Hari Chauhan
Hari Chauhan
Hari Chauhan

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy