हरि चौहानले प्रहार गरे प्रतियोगिताको पहिलो शतक

  • विकेटनेपाल, जेठ १६ – बुधबार

काठमाण्डौमा जारि अन्तर प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश ४ का हरि चौहानले शतक प्रहार गरेका छन् । (स्कोरकार्ड)

अहिले किर्तिपुर मैदानमा जारि प्रदेश-४ र प्रदेश-१ बीचको खेलमा शतक प्रहार गरेसँगै चौहान प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका हुन्।

Hari Chauhan
Hari Chauhan

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ४ ले ८.३ ओभरमा ३९ रनको स्कोरमा आफ्नो दोश्रो विकेट गुमाएपछी आएका हरि चौहानले उत्कृस्ट पारि खेल्दै कुनै समय करिब २४० को आसपासको योगफल बन्ने अवस्थामा रहेको टिमको योगफल ३०० माथि पुर्याए।

११४ बलको सामना गर्दै ८ चौका र १ छक्का सहित उनले छैठौं विकेटका लागि सुमन घिमिरेसँग मिलेर ८ भन्दा माथिको औसतमा १३६ रनको साझेदारी गरेका थिए । घिमिरेले ८३ रन (५३ बल, ६ चौका, ६ छक्का) बनाए।

चौहान शतक प्रहार गरेसँगै त्यसपछिको बलमा आउट भएपनि उनको टिमले ३१० रनको बिशाल योगफल तयार पारेको छ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy