हरि चौहानले प्रहार गरे प्रतियोगिताको पहिलो शतक

Hari Chauhan
  • विकेटनेपाल, जेठ १६ – बुधबार

काठमाण्डौमा जारि अन्तर प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश ४ का हरि चौहानले शतक प्रहार गरेका छन् । (स्कोरकार्ड)

अहिले किर्तिपुर मैदानमा जारि प्रदेश-४ र प्रदेश-१ बीचको खेलमा शतक प्रहार गरेसँगै चौहान प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका हुन्।

Hari Chauhan
Hari Chauhan

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ४ ले ८.३ ओभरमा ३९ रनको स्कोरमा आफ्नो दोश्रो विकेट गुमाएपछी आएका हरि चौहानले उत्कृस्ट पारि खेल्दै कुनै समय करिब २४० को आसपासको योगफल बन्ने अवस्थामा रहेको टिमको योगफल ३०० माथि पुर्याए।

११४ बलको सामना गर्दै ८ चौका र १ छक्का सहित उनले छैठौं विकेटका लागि सुमन घिमिरेसँग मिलेर ८ भन्दा माथिको औसतमा १३६ रनको साझेदारी गरेका थिए । घिमिरेले ८३ रन (५३ बल, ६ चौका, ६ छक्का) बनाए।

चौहान शतक प्रहार गरेसँगै त्यसपछिको बलमा आउट भएपनि उनको टिमले ३१० रनको बिशाल योगफल तयार पारेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]