T20WC : पाकिस्तानसंग हारपछि भारतीय कप्तान कोहलीले के बताए कारण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को विश्वकप इतिहासमै पहिलो पटक पाकिस्तानसंग पराजित भएपछि भारतीय कप्तान बिराट कोहलीले पाकिस्तानी टिमको तारिफ गरेका छन्। टि-ट्वान्टी विश्वकपमा आफ्नो पहिलो खेलमा पराजित भएपछि भारतीय कप्तानले पाकिस्तानले भारतलाई पूर्णरुपमा परास्त गरेको बताए।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको भारतले कप्तान कोहलीको ५७ रन मद्दतले १५१ रन बनाएको थियो। प्रतिउत्तरमा पाकिस्तान ओपनर मोहम्म्द रिजवान र बाबर आजमले १५२ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई १० विकेटको शानदार जित दिलाए। रिजवानले ७९ तथा आजमले ६८ रन बनाए। प्लेयर अफ द म्याच चुनिएका शाहिन अफ्रिदीले ३ विकेट लिए।

खेलपछि अन्तर्वार्ताको क्रममा कोहलीले हारको कारण बताए “हामीले आफ्नो योजना लागु गर्न सकेनौं। पाकिस्तानलाई हामीलाई सबै क्षेत्रमा परास्त गर्यो जसको श्रेय पाकिस्तान टिमलाई जान्छ। उनीहरुले बलबाट उत्कृस्ट सुरुवात गरे जुन क्रममा पहिलो ३ विकेट २० रन बनाउदा लिन सके। हाम्रो सुरुवात राम्रो भएन।”

कोहलीले दोश्रो इनिंग्समा आफ्नो बलरहरुले सुरुवाती विकेट लिन नसकेको बताए – “हामीलाई सुरुवाती विकेट आवस्यक थियो तर उनीहरुले कुनै पनि मौका दिएनन्। विकेट पहिलो इनिंग्समा सुस्त थियो र बलको लाइनमा हान्न गाह्रो थियो। हामीले १५-२० रन अतिरिक्त बनाउनु पर्थ्यो जुन राम्रो सुरुवातले दिलाउन सक्थ्यो। तर पाकिस्तानी बलरहरुले हामीलाई त्यो अतिरिक्त रन बनाउन दिएनन्। अर्को सुस्त बलर ल्याउन सकिन्थ्यो भन्ने बहस हुन सक्छ तर मैदानमा शित हुँदा स्लो बलरहरुलाई सहज हुँदैन।”

“हामि अत्तालिएका छैनौ। यो प्रतियोगिताको सुरुवात हो, अन्त्य हैन।” कोहलीले भनाई अन्त्य गरे।

प्रतियोगितामा समुह ‘२’ अन्तर्गत भारतले आगामी खेल अक्टोबर ३१ तारिखमा न्युजिल्यान्ड बिरुद्ध खेल्नेछ। त्यस पछि नोभेम्बर ३ तारिखमा अफगानिस्तानसंग, नोभेम्बर ५ तारिखमा स्कटल्याण्डसंग तथा नोभेम्बर ८ तारिखमा नामिबियासंग खेल्ने तालिका रहेको छ। समुह ‘२’ मा भारत सहित पाकिस्तान, नामिबिया, अफगानिस्तान, न्युजिल्यान्ड र स्कटल्याण्ड रहेका छन्। सबै ६ टिमले एकअर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहमा उत्कृस्ट हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy