T20WC : दक्षिण अफ्रीका बिरुद्ध ह्याट्रिक लिंदै हसरंगाको दुई कीर्तिमान

आईसीसी टि-ट्वान्टी विश्वकप अन्तर्गत दक्षिण अफ्रीका बिरुद्ध श्रीलंकन स्पिनर वानिन्दु हसरंगाले ह्याट्रिक लिंदै दुईवटा कीर्तिमान बनाएका छन्।

जारि विश्वकपमा ह्याट्रिक लिने हसरंगा दोश्रो बलर हुन्। यस अघि समुह चरणमा आयरल्याण्डका दायाँ हाते पेसर कर्टिस क्याम्फरले नेदरल्याण्ड बिरुद्ध ह्याट्रिक सहित लगातार ४ बलमा ४ विकेट लिएका थिए।

लेग स्पिनर हसरंगा टि-ट्वान्टी विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो श्रीलंकन बलर बनेका छन् भने एकदिवसीय अन्तर्राष्ट्रिय र टि-ट्वान्टी अन्तर्राष्ट्रिय दुवै फर्म्याटमा ह्याट्रिक विकेट लिने विश्वको मात्र चौंथो बलर बनेका छन्। यस अघि ब्रेट लि, थिसारा परेरा र लासिथ मालिंगाले दुवै फर्म्याटमा ह्याट्रिक लिएका थिए। यस्तै टि-ट्वान्टी विश्वकपमा ह्याट्रिक लिने हसरंगा मात्र तेश्रो बलर हुन्। आयरल्याण्डका कर्टिस क्याम्फरले जारि विश्वकपमा तथा ब्रेट लिले सन् २००७ मा ह्याट्रिक लिएका थिए।

हसरंगाले एकै ओभरमा भने ह्याट्रिक पुरा गरेका हैनन्। १६ औं ओभरको अन्तिम बलमा १९ रन बनाएका एडेन मारक्रमलाई बोल्ड गरेका उनले १८ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिंग गर्ने क्रममा पहिलो बलमा ४६ रन बनाएका तेम्बा बभुमालाई क्याच आउट गर्दै तथा दोश्रो बलमा पहिलो बल सामना गरेका ड्वेन प्रिटोरियसलाई क्याच आउट पार्दै ह्याट्रिक पुरा गरे।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा ह्याट्रिक विकेट लिने हसरंगा विश्वका २३ औं बलर हुन्। वर्ष २०२१ मा हालसम्म ११ जना बलरले ह्याट्रिक विकेट लिएका छन् जुन अहिलेसम्मकै सर्वाधिक हो।

हसरंगाले खेलमा ह्याट्रिक सहित ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिएता पनि खेलमा श्रीलंका दक्षिण अफ्रीकासंग ४ विकेटले पराजित हुन पुग्यो। श्रीलंकाले दिएको १४३ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९.५ ओभरमा ६ विकेट गुमाएर भेटायो।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]