अन्तर्राष्ट्रिय क्रिकेटबाट हसिम अमलाको सन्यास , यस्ता छन् उनका उपलब्धि

दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा उनले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने निर्णय गरेका छन्।

भर्खरै दक्षिण अफ्रिकाका अर्का क्रिकेटर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका थिए भने न्युजिल्याण्ड क्रिकेटर ब्रेण्डन म्याकलमले पनि सबै फर्म्याटबाट सन्यास लिएका थिए।

“प्रथमत प्रोतिजको यात्राको लागि भगवानलाई धन्यवाद दिन चाहन्छु जुन खुसिले भरिपूर्ण थियो।” अमलाले स्टेटमेन्टमा बताएका छन् “यो अवधिमा मैले धेरै पाठहरु सिकेको छु , धेरै साथीहरु बनाएको छु र सबैभन्दा महत्वपूर्ण प्रोटि फायरसंग माया र भातृत्व बाँड्ने मौका पाए”


१५ वर्ष लामो करियरमा अमलाले ३४९ अन्तर्राष्ट्रिय खेलहरु खेले। ३६ वर्षीय अमलाले १८ हजार भन्दा बढी अन्तर्राष्ट्रिय रन बनाए जसमा ५५ वटा शतक सामेल छ।

“म मेरो परिवारलाई साथ र प्रार्थनाको लागि धन्यवाद दिन चाहन्छु। उनीहरुकै छत्रछायाँले गर्दा यतिका वर्ष खेल्न सकेको छु” उनले बताए।

“मेरो परिवार, साथीहरु, एजेन्ट, मेरो टिम मेट, सम्पूर्ण टिमका सदस्यहरु, सपोर्ट स्टाफहरु सबैलाई हृदय देखि आभार व्यक्त गर्न चाहन्छु। फ्यानहरुले जसले मलाई कठिन समयमा उर्जा दिएका छन् र सफलतामा म संगै खुसि मनाएका छन्।”

“र पक्का पनि विशेष धन्यवाद क्रिकेट साउथ अफ्रीकाका अध्यक्ष र बोर्डलाई , चिज एक्जुकेटिभ थबांग मोरोएलाई। म सबै अवसरहरुको लागि धन्य छु।”

“माया र शान्ति”

यस्ता छन् उपलब्धि 

अमला एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजार, ३ हजार, ४ हजार, ५ हजार, ६ हजार र ७ हजार रन छिटो पुरा गर्ने ब्याट्सम्यान हुन्।

दक्षिण अफ्रीकाको लागि टेस्टमा सन् २००४ मा भारत बिरुद्ध डेब्यु गरेका दायाँ हाते ब्याट्सम्यान अमलाले एकदिवसीयमा २००८ मा तथा टि-२० मा २००९ मा डेब्यु गरेका थिए। यस क्रममा उनले १२४ टेस्टमा ९ हजार २ सय ८२ रन बनाएका छन् जसमा २८ शतक र ४१ अर्धशतक सामेल छ।

१८१ एकदिवसीयमा मलले २७ शतक र ३९ अर्धशतक मदतले ८ हजार १ सय १३ रन बनाएका छन्। यस्तै टि-२० अन्तर्राष्ट्रियमा ४४ खेलमा १ हजार २ सय ७७ रन बनाएका छन् जसमा ८ अर्धशतक सामेल छ।

कलात्मक र धैर्यावन ब्याट्सम्यान अमला दक्षिण अफ्रीकाको लागि टेस्ट क्रिकेटमा ३ सय रन बनाउने पहिलो क्रिकेटर हुन्।

दक्षिण अफ्रिकी अन्डर-१९ टिमको लागि खेल्दै सिनियर टिममा आएका अमला अन्तर्राष्ट्रिय क्रिकेटमा ५५ शतक सहित धेरै शतक पुरा गर्ने मामलामा विश्वकै छैठौं स्थानमा रहेका छन्। उनि भन्दा अगाडी सचिन तेन्दुलकर ( १०० ) , रिकी पोंटिंग ( ७१ ) , बिराट कोहली ( ६६ ) , कुमार साँगाकारा ( ६३ ) र ज्याक कालिक ( ६२ ) मात्र रहेका छन्।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]