हसिमले आक्रामक ब्याटिंग गर्दा वारियर्सको सहज जित

Hasim Ansari
  • विकेटनेपाल, ३० असार

सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको शनिबार सम्पन्न तेश्रो खेलमा बजाज खडक वारियर्सले लगातार दोश्रो जित हाँसिल गर्ने क्रममा तिलाठी महिन्द्रा हिरोजलाई ७ विकेटले पराजित गरेको छ। स्कोरकार्ड, अंकतालिका 

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको मेहबुब आलम कप्तानीको तिलाठीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो।

उसको लागि विकास दासले सर्वाधिक २८ रन, मेहबुब आलमले १६ तथा अमित यादबले ११ रन योगदान दिए। खडक वारियर्स बलर गोमानंद अमथ र हरि शंकर शाहले ३/३ विकेट तथा फिर्दोश अन्सारीले २ विकेट लिए।

Hari Shankar Sah
Hari Shankar Sah

९१ रनको लक्ष्य वारियर्सले १०.१ ओभरमा पछ्यायो जसलाई सहज जित दिलाउन हासिम अन्सारीले आक्रामक ब्याटिंग गरे। अविजित ५८ रन बनाएका अन्सारीले २६ बलमा ६ छक्का र ३ चौका प्रहार गरे। तिलाठी बलर संसाद शेखले २ विकेट लिए।

प्रतियोगितामा बजाज खडक वारियर्सको दोश्रो खेलमा यो लगातार दोश्रो जित हो भने कोइलाडी तिलाठी महिन्द्रा हिरोजले २ खेलमा दोश्रो हार बेहोर्यो। ३ टिम सहभागी लिगमा बोदे बर्साइन थन्डर्सले पनि २ खेल खेल्दा १ जित र १ हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा तिलाठी महिन्द्रा हिरोज र बोदे बर्साइन थन्डर्स प्रतिस्पर्धा गर्नेछन्।

Hasim Ansari
Hasim Ansari
Hasim Ansari
Hasim Ansari




थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]