निश्चल चौधरीले आक्रामक इनिंग खेल्दा होराइजनको जित

  • विकेटनेपाल, बैशाख १७ 

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ।

समुह ‘बि’ अन्तर्गत न्यु होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ। महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ। अब भोलि बुधबार हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले समुहबाट सेमीफाइनल पुग्ने २ टिम निश्चित हुनेछ। समुह ‘ए’ बाट कर्णाली-११ सेमीफाइनाल प्रवेश गरिसकेको छ भने अर्को १ टिमको टुंगो आज हुने त्रिभुवन आर्मी र मध्य-पश्चिम क्रिकेट क्लब बीचको खेल पछि लाग्नेछ।

निश्चल चौधरीले उत्कृस्ट ब्याटिंग गर्दै होराइजनको जित 

कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको न्यु होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो।

हिमालयनको लागि दिपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए। होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट ( ४-०-१६-३ ) तथा शक्ति गौचन ( ३.२-०-५-२ ) र गोविन्द खत्रीले ( २-०-१३-२ ) २/२ विकेट लिए।

Arjun Rayamajhi

९३ रनको लक्ष्य न्यु होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो।  निश्चल चौधरीले विस्फोटक इनिंग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएपछि होराइजनले जित हाँसिल गर्यो। सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ३२ रनमै ५ विकेट गुमाएको होराइजनलाई निश्चल र शक्तिले ६६ रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए।

Nischal Chaudhary

हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट ( ४-१-१५-३ )  तथा हेमन्त धामीले २ ( ३-०-२१-२ ) विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन। स्कोरकार्ड 

खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी चुनिए।

Nischal Chaudhary

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]