हिमालय क्रिकेट लिग : आसिफको शतकमा ग्रेट हिमालय बलियो

काठमाडौं | दोस्रो संस्करणको हिमालय क्रिकेट लिग काठमाडौँमा सुरु भएको छ। दुइ दिवसीय प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेल समाप्त भएको छ ।

मूलपानि क्रिकेट मैदानमा भएको खेलमा टस  हारेर पहिले ब्याटिङ गरेको हिमालय क्रिकेट एकेडेमी ( एचसीए ) ३४. १ ओभरमा अल आउट हुँदै १ सय ४४ रन बनाएको थियो ।

एचसीएका लागि रजत तिमल्सिनाले सर्वाधिक ठूलो पारी खेले । ३८ बलको सामना गरेका उनले ८ चौका र १ छक्कासहित ४२ रनको योगदान गरे। यस्तै गजेन्द्र बोहराले १६ रन , अम्रित थापाले १४ रन , भुमि सिंह कुवरले १६ रन र अत्यतिर सन्दीप शाहीले २३ रनको योगदान गर्नु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम अलआउट हुन पुग्यो ।

बलिङतर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमीका सोनु देवकोटाले ३ तथा राशिद खान र मोहम्मद हुसेनले समान २/२ विकेट लिए भने अरियो पौडेल र विवेक यादवले पनि १/१ विकेट हात पारे ।

Pratish GC

त्यसपछी ग्रेट हिमालयले आफ्नो पहिलो पारीमा ६० ओभरमा अलआउट हुँदै ३२० रन बनाउदै पहिलो इनिंगमा १ सय ७६ रनको अग्रता हाँसिल गरेको छ।

ग्रेट हिमालयका लागि कप्तान आशिफ शेखले शतकीय पारी खेले । ९५ बलको सामना गरेका उनले १७ चौका र १ छक्कासहित १०० रन बनाए ।

यस्तै ग्रेट हिमालयका लागि आयुश बस्नेतले पनि ६९ रनको योगदान गरे भने आयुशमान बमले ५३ रन तथा अशोक बस्नेतले ५२ रनको योगदान गरे ।

बलिङतर्फ हिमालय क्रिकेटका सन्दीप शाहीले सर्वाधिक ४  विकेट लिए भने  कप्तान प्रतिष जिसीले २ विकेट लिए । भने गजेन्द्र बोहरा र दिपक बोहराले पनि १/१ विकेट हात पारे ।

ग्रेट हिमालयको पारी सकिएपछी हिमालय क्रिकेट एकेडेमीले आफ्नो दोस्रो पारी सुरु गरेको छ ।  पहिलो दिनको खेल समाप्तिसम्ममा उसले १२ रन बनाएको अवस्था छ । दोश्रो इनिंगमा हिमालय क्रिकेट एकेडेमी अझै १ सय ६४ रनले पछि रहेको छ।

यू १९ दुई दिवसिय प्रतियोगिता फागुन १९ गते सम्म चल्नेछ । प्रतियोगितामा काठमाडौं क्रिकेट टेनिङ सेन्टर, वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी, वालुवाटार क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी गरि ६ टोलीको सहभागिता रहेकोछ ।

प्रतियोगितामा हरेक खेलको विजेता टोलीले १० अंक प्राप्त गर्ने छन्। खेल बराबरीमा सकिएको अवस्थामा ५ अंक बाडिनेछ । साथै इनिङको बोनस अंक जोडिने छ । खेल वर्षाको कारण रद्द भएको अवस्थामा दुवै समान २ अंक पाउने छन् । १ सय रन बराबर १ अंक हुने छ । प्रत्येक विकेटको ०.५ अंक हुने छ ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]