इपिएल हेड टु हेड – पारस Vs ज्ञानेन्द्र , २ बलियो टिमको प्रतिस्पर्धा

Biratnagar vs Lalitpur
  • विकेटनेपाल, मङ्सिर २२ , शनिवार 

एभरेस्ट प्रिमियर लिग टि-२० ( इपिएल ) अन्तर्गत शनिबार प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन तथा पारस खड्का कप्तानीको टिम बिराटनगर वारियर्स र ज्ञानेन्द्र मल्ल कप्तानीको टिम ललितपुर प्याट्रीएट्स प्रतिस्पर्धा गर्दैछन्।

प्रस्तुत छ बिराटनगर वारियर्स र ललितपुर प्याट्रीएट्स बीच खेलको सम्पूर्ण जानकारी :- 

मिति र समय र स्थान : मङ्सिर २२ ( डिसेम्बर ८ ) , शनिवार दिउसो १ वजे (त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुर  ) 
प्रत्यक्ष प्रशारण :
एपीवान टेलिभिजन, नेपालफ्लिक्स एप , अन्य एक्सक्लुसिभ अपडेट विकेटनेपालमा 

बिराटनगर वारियर्स र ललितपुर प्याट्रीएट्समा को-को खेलाडी छन् ? 

बिराटनगर वारियर्स : पारस खड्का ( कप्तान ) बसन्त रेग्मी, अनिल साह, आसिफ सेख, आकाश विष्ट, रामनरेश गिरी, प्रनित थापा, सुमित महर्जन, पुष्प थापा, हरीबहादुर चौहान, रोबिन क्षेत्री, बिदेशी खेलाडी : बाबर हयात ( हंगकंग ) रोल्फ भान डर मर्वे ( नेदरल्याण्ड ) र पल भान मिकिरिन ( नेदरल्याण्ड ) 

ललितपुर प्याट्रीएट्स : ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, रासिद खान, शंकर राना, पवन सर्राफ र सोनु तामांग , सुमित झा, बिदेशी खेलाडी : सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर

इतिहासमा २ टिम बीच नतिजा 

इपिएलको गत सिजन बिराटनगर वारियर्स र ललितपुर प्याट्रिएट्सले लिग चरणमा एक खेल मात्र खेलेका थिए। सो खेलमा बिराटनगरले ६ रनको रोमान्चक जित निकालेको थियो। टस हारेर ब्याटिंग गरेको वारियर्सले २० ओभरमा ६ विकेट गुमाएर १५० रनको योगफल तयार गरेको थियो। १५१ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरले २० ओभरमा १४४ रन बनाएको थियो।

उक्त खेलमा बिराटनगरको लागि प्लेयर अफ द म्याच चुनिएका अनिल साहले सर्वाधिक ४७ रन ( ३५ बल, ३ छक्का र २ चौका ) तथा पारस खड्काले ३८ ( ३६ बल, २ छक्का ) र बाबर हायातले ३४ रन ( २५ बल, ५ चौका र १ छक्का ) बनाएका थिए। ललितपुरको बलिङ्गमा सन्दिप लामिछानेले २ विकेट ( ४-०-२९-२ ) लिएका थिए। ललितपुरको लागि ओपनर पवन सर्राफले ५१ रन ( ४७ बल, ६ चौका र १ छक्का ) बाए पनि अन्य ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेका थिएनन्। बिराटनगर बलर करन केसी, पारस खड्का, बसन्त रेग्मी र अंशुमन रथले समान १ विकेट लिएका थिए।

Basant Regmi ( Photo – Biratnagar Warriors , Facebook )

प्रतियोगिताको लिग चरणको अंक तालिकामा बिराटनगर ५ वटै खेलमा जितको साथ अंकतालिकामा उत्कृस्ट हुँदै प्लेअफ पुगेको थियो र पहिलो क्वालीफायरमा भैरहवालाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। फाइनलमा भैरहवालाई पुनः पराजित गर्दै उपाधिनै वारियर्सले जितेको थियो। ललितपुरले भने २ मा जित र ३ खेलमा हार बेहोर्दै अंकतालिकामा तेश्रो रहँदै प्लेअफमा प्रवेश पाएको थियो जहाँ पहिलो इलिमीनेटरमा पोखरा राइनोजलाई पराजित गर्दै दोश्रो क्वालिफायर प्रवेश गरेको थियो। दोश्रो क्वालिफायरमा भैरहवासंग भने ३ विकेटले पराजित भएको थियो।

कस्तो छ ललितपुर प्याट्रीएट्स ? 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको प्याट्रीएट्सको स्पिन पक्ष बलियो मानिएको छ किनकि टिममा सन्दिप लामिछाने, ललित राजबंशी, पवन सर्राफ जस्ता नेपाली तथा सन्नी पटेलको उपस्थिति रहेको छ। सन्दिप पहिलो २ खेल खेलेर बिग ब्यास खेल्न अस्ट्रेलिया गए पनि राम्रो स्पिनरको कमि भने प्याट्रीएट्सलाई हुनेछैन।

ब्याटिंगमा भने ज्ञानेन्द्र मल्ल पछि ठुलो नाम नरहे पनि पोखरा प्रिमियर लिग पिपिएलमा उत्कृस्ट ब्याटिंग गरेका गौरब तोमर, पिपिएलमा उत्कृस्ट खेलाडी चुनिएका सन्नी पटेल र गत सिजन टिमको लागि सर्वाधिक रन बनाएका जयकिशन कोल्सावालाको उपस्थितिले टिमलाई सन्तुलित बनाएको छ। टिमको तिब्र गति बलिङ्गको जिम्मेवारी युवा बलरहरु राशिद खान, नारायण जोशी र सन्दिप जोराले सम्हाल्नेछन्।

Sunny Patel
Sunny Patel ( Photo – Lalit Patriots Facebook )

यु-१९ स्तरमा राम्रो सम्भावना देखाएका अफ-स्पिन अलराउण्डर पवन सर्राफ, मध्ये क्रम ब्याट्सम्यान सन्दिप जोरा , ब्याटिंग अल-राउण्डर योगेन्द्र सिंह कार्की , ब्याट्सम्यान शंकार राना आक्रामक ब्याट्सम्यान कुशल भुर्तेलले आफुलाई प्रमाणित गर्ने हो भने ललितपुर बिपक्षीको लागि खतरनाक टिम सावित हुनेछ।

सम्भावित अन्तिम ११ :- ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल,  सुन्दिप जोरा, योगेन्द्रसिंह कार्की, पवन सर्राफ , सन्नी पटेल , गौरब तोमर , जयकिशन कोल्सावाला ( विकेटकिपर )  , सन्दिप लामिछाने, ललित राजवंशी, राशिद खान

कस्तो छ बिराटनगर वारियर्स ? 

गत संस्करणको विजेता टिम पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले यो पटक पनि उपाधिको दाबेदारी प्रस्तुत गर्नेछ। पारस खड्काको कप्तानी टिमको सबैभन्दा महत्वपूर्ण पक्ष हो भने राम्रा बिदेशी खेलाडीहरुको उपस्थितिले टिमलाई मजबुत बनाउछ।

गत सिजन प्लेयर अफ द सिरिज चुनिएका बाबर हायात, नेदरल्याण्डका तिब्र गति बलर प्ल भान मिकिरिन, अर्का नेदरल्याण्ड अनुभवी अलराउण्डर ( देब्रे हाते स्पिन र दायाँ हाते ब्याट्सम्यान) रोल्फ भान् डर मर्वे तथा भारतीय खेलाडी स्मित पटेलको उपस्थितिले टिमलाई उत्कृस्ट बनाउछ। अझ भान् डर मर्वेसंग आइपिएल र बिग ब्यास तथा अन्य बिदेशी लिग खेलेको अनुभब रहेको छ जो एक्लो दममा खेल जिताउने क्षमता राख्छन्।

बाबर हायात इमर्जिङ्ग टिम्स कप खेलीरहेको हुनाले सुरुवाती केहि खेल गुमाउने छन् जसको अनुपस्थितिमा समित पटेलले खेल्ने छन् जसले पनि माथिल्लो क्रममा ब्याटिंग र स्पिन बलिङ्गमार्फत राम्रो योगदान दिन सक्छन्। यो पटक घाइते भएका कारण अर्का हंगकंग क्रिकेटर अंशुमन रथले भने बिराटनगरको लागि खेल्न सकेनन्।

Babar Hayat

वारियर्सको स्पिन पक्षको नेतृत्व स्टार लेफ्ट आर्म स्पिनर बसन्त रेग्मीले गर्नेछन् भने अर्का लेफ्ट आर्म स्पिनर भान् डर मर्वेले उनलाई साथ दिनेछन्। ब्याटिंगमा पारस खड्का, अनिल साह, आशिफ शेख जस्ता राष्ट्रिय खेलाडीहरुले नेतृत्व गर्नेछन् भने युवा खेलाडीहरु प्रनित थापा, सुमित महर्जन, हरिबहादुर चौहानले टिमलाई बल प्रदान गर्नेछन्। पल भान मिकिरिनले नेतृत्व गर्ने तिब्र गति बलिङ्ग बिभागमा रामनरेश गिरि रहेका छन्।

सम्भावित अन्तिम ११ :-  पारस खड्का (कप्तान), बसन्त रेग्मी, अनिल कुमार साह, आशिफ सेख , रामनरेश गिरी, प्रनित थापा, सुमित महर्जन, पुष्प थापा, स्मित पटेल (भारत), रोल्फ भान डर मर्वे (नेदरल्याण्ड), पल भान मिकिरिन (नेदरल्याण्ड)

नेपाली क्रिकेट टिम होस् या नेपाली घरेलु क्रिकेट टिमको लागि पारस खड्काको कप्तानी सधैं फापेको छ भने अर्कोतर्फ ज्ञानेन्द्र मल्लले आफुलाई राम्रो कप्तानको रुपमा सावित गर्न सकेका छैनन्। घरेलु क्रिकेटमा टिमको कप्तान सम्हाले पनि उपाधि र फाइनलसम्मको यात्रा टिमलाई गराउन मल्ल संघर्षनै गरिरहेका छन्।

इपिएलको पहिलो खेलमा ललितपुर प्याट्रीएट्सको लक्ष्य ज्ञानेन्द्र मल्लको भाग्य बदल्नु समेत हुनेछ जसको सुरुवात बिराटनगर वारियर्सलाई पराजित गरेर गर्नसके प्रतियोगिताको लागिनै टिमले राम्रो लय प्राप्त गर्न सक्नेछ। उता सुरुवाती खेलमा प्राय केहि खेलहरु हार्ने गरेका पारस खड्काको टिमलाई पराजित गर्नु पहिलो खेलनै उत्तम मौका समेत हुनेछ। यसै कारण मल्ल र खड्का कप्तानीको टिमको प्रतिस्पर्धा पक्कै रोचक हुनेछ।

तपाईको अनुमानमा कसले जित्ला ?





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]