नेदरल्याण्डसँग ऐतिहासिक एकदिवसीय खेल्दै नेपाल, यस्तो छ बिगतको नतिजा

Nepal vs Netherlands
  • विकेटनेपाल, श्रावण १५ – मङ्गलबार

नेपालले यहि बर्षको मार्च महिनामा जिम्बाबेमा सम्पन्न विश्वकप छनौट प्रतियोगिता अन्तर्गत पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। उक्त मान्यता पाएपछि बुधबार ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेल्दैछ। २ खेलको सिरिज अन्तर्गत शुक्रबार सिरिजको दोश्रो तथा अन्तिम खेल शुक्रबार खेल्ने कार्यक्रम रहेको छ।

उक्त छनौट प्रतियोगितामा शिर्ष ३ एसोसिएट रास्ट्र स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स (युएई) र नेपालले एकदिवसीय मान्यता पाएका थिए भने नेदरल्याण्डले सन् २०१५ देखि २०१७ सम्म संचालित विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको रुपमा उक्त मान्यता पाएको थियो।

ऐतिहासिक खेल खेल्नु अघि नेपालले जुलाई २९ तारिखमा ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा आयोजक एमसिसी र नेदरल्याण्डसँग टि२० त्रिकोणात्मक सिरिज र त्यो भन्दा अगाडी ४ वटा स्थानीय टिमहरुसँग अभ्यास खेल खेलेको थियो।

यसभन्दा अगाडी सिरिजका दुवै खेल हुने एमस्टीलभेन खेल मैदानमा नेपाल र नेदरल्याण्ड विश्व क्रिकेट लिगको २ खेल खेल खेल्दा नतिजा १-१ को बराबरी आएको थियो।

खेल नेपाली समय अनुसार दिउसो २:४५ बजेबाट सुरु हुनेछ।

यस्तो छ नेपाल र नेदरल्याण्डको हेड टु हेड नतिजा :-

आईसीसी विश्वकप छनौट प्रतियोगिता २०१४ , न्युजिल्याण्ड

सन् २०१४ मा न्यूजील्याण्डमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा सातौँ स्थानको लागि भएको खेलमा नेदरल्याण्डले नेपाललाई ७ विकेटको हार चखाएको थियो। टस हार्द्दै पहिला ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७१ रन मात्र जोड्न सकेको थियो। नेपालको इनिंगमा शरद भेषवाकरले ४२ तथा पारस खड्काले २९ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानले स्कोर जोड्न सकेका थिएनन्। नेदरल्याण्डको लागि अहसान मालिकले ३ विकेट लिएका थिए।

जवाफमा १७२ रनको बिजय लक्ष्य डच टोलिले मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। उसको जितमा म्यान अफ दि म्याच एरिक स्टेफान्ले ५६ तथा पिटर बोरेनले अविजित ४५ रन जोडेका थिए। नेपालको बलिंगमा बसन्त रेग्मीले २ सफलता हात पारेका थिए।

Nepal vs Netherlands

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ २०१५ , नामिबिया

सन् २०१५ मा नामिबियामा सम्पन विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आफ्नो समूह चरणको दोस्रो खेल नेदरल्याण्ड बिरुद्द खेलेको थियो। त्यस खेलमा नेपालले नेदरल्याण्डमाथी २ विकेटको संघर्षपूर्ण जित हात पारेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको डच टोलिले १ बल बाकीं छदाँ सबै विकेट गुमाएर १५८ रन जोडेको थियो। बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी र पारस खड्काले समान २-२ विकेट चट्काएका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको नेपालले खेल सकिन ३ बल अघि ८ विकेट गुमाउँदा लक्ष्य भेट्टाएको थियो। ११३/७ को अवस्थामा पुगेको नेपाली इनिंगलाई आठौँ विकेटको लागि सोमपाल कामि र शरद भेसावकरले ३३ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ लगेका थिए। शरद भेसावकरले अविजित २४ रन तथा सोमपालले पनि समान २४ रननै बनाएका थिए। बिनोद भण्डारीले नेपालको लागि सर्बाधिक ३५ रन योगदान दिएका थिए।

Paras Khadka
Paras Khadka

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिप,  २०१६  ( नेदरल्याण्ड )

आईसीसी विश्वक्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपालले नेदरल्याण्ड बिरुद्द नेदरल्याण्डमा नै पहिलो खेल खेलेको थियो। खराव ब्याटिंगको प्रदर्शन गरेको नेपालले सो खेलमा नेदरल्याण्ड बिरुद्द ७ विकेटको लज्जास्पद हार बेहोरेको थियो। स्कोरकार्ड

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले ३८.१ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र जोडेको थियो। नेपालको इनिंगमा अनिल मण्डलले सर्वाधिक २० तथा शरद भेषवाकरले १४ रन बनाएपनि अन्य ब्याट्सम्यानले पर्याप्त साथ निभाउन सकेका थिएनन्। नेदरल्याण्डको बलिंगमा भेनडर गुगटेन र माइकल रिप्पोंनले समान ३-३ विकेट लिएका थिए। जवाफमा ९५ रनको सामान्य लक्ष्य नेदरल्याण्डले मात्र १६.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। उसको जितमा वेश्ली बारेशीले ३७ तथा स्टेफिन माइबर्गले ३३ रन जोडेका थिए। नेपालको लागि करन केसी, सागर पुन र बसन्त रेग्मीले समान १-१ विकेट लिएका थिए।

Anil Mandal and Gyanendra Malla opening the inning
Anil Mandal and Gyanendra Malla

बिश्व क्रिकेट लिग च्याम्पियनसिप, दोश्रो खेल , २०१६ ( नेदरल्याण्ड )

पहिलो खेलमा नेदरल्याण्डसंग हार बेहोरेपछि नेपाललाई दोश्रो खेलमा जित महत्वपूर्ण थियो। नेदरल्याण्डले टस जितेर नेपाललाई ब्याटिंग गर्ने निम्तो दियो। पुरै ५० ओभर ब्याटिंग गर्दै नेपालले ९ विकेट गुमाएर २१७ रनको योगफल खडा गर्यो। स्कोरकार्ड

पारस खड्काले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ९४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै सागर पुनले धैर्यतापूर्ण ४५ रन ( ७८ बल, २ चौका )। पारस र सागरले चौथो विकेटको लागि ११८ रनको उत्कृस्ट साझेदारी गरेका थिए। ज्ञानेन्द्र मल्लले ३९ रन तथा बिनोद भण्डारीले १७ रन बनाएका थिए। नेदरल्याण्ड बलर माइकल रिप्पनले ४ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले खराब सुरुवात गर्यो र २१ रनमा ३ विकेट गुमाउन पुग्यो। त्यसपछि मध्ये करमा भान डर मर्वेले ५६, म्याक्स ओड़ोले ३५ तथा भान डर गुगटेन ३६ रन बनाएर जिततर्फ नेदरल्याण्डलाई लैजाने प्रयास गरे। तर नेपाली बलरहरुले अनुसासित बलिंग गर्दा ४८.३ ओभरमा घरेलु टिमले १९८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। सोमपाल कामि, पारस खड्का र बसन्त रेग्मीले समान २/२ विकेट लिंदा सन्दिप लामिछाने, शक्ति गौचन र सागर पुनले १/१ विकेट लिंदै नेपालको जितमा महत्वपूर्ण योगदान दिए।

विश्वकप छनौट प्रतियोगिता २०१८ (जिम्बाबे)

विश्वकप छनौट प्रतियोगिता अन्तर्गत प्ले अफमा पपुवा न्युगिनीलाई पराजीत गर्दै एकदिवसीय मान्यता पाईसकेको नेपालले त्यसपछि सातौँ स्थानको लागि भएको नेदरल्याण्डसँगको खेलमा ४५ रनले पराजित भएको थियो। नेदरल्याण्डले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४४ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। स्कोरकार्ड

Shakti Gauchan
बलिंग गर्दै शक्ति गौचन

नेदरल्याण्डले पहिले ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १८९ रनको योगफल तयार पारेको थियो। उसका लागि बस ली लीड  ३९ रन तथा म्याक्स ओ’डोडले २८ रन बनाएका थिए। नेपालका तर्फबाट सोमपाल कामीले ४ विकेट लिन २४ रन खर्चेका थिए भने ललित राजबंशी र सन्दिप लामिछानेले समान २/२ विकेट लिएका थिए।

जवाफमा नेपालले सोमपाल कामीको ५३ बलमा ३ चौका र १ छक्का सहित सर्बाधिक ३६ रनको मद्दतमा ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो। नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका लेफ्ट आर्म स्पिनर रोलेफ भान्डर मर्वेले ४ विकेट लिनेक्रममा मात्र २० रन खर्चे भने फ्रेड क्लासेन र पिटर सिलरले २/२ विकेट लिए।





थप समाचार

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]