एनपीएलका लागि राखेपद्धारा हेल्प डेस्क स्थापना

२०८१ आश्विन ७, सोमबार २०:०२

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेस्क स्थापना गरिएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समन्वयका लागि डेस्कले आवश्यक सहयोग गर्ने बताउँदै, विदेशी खेलाडीहरूको प्रक्रियामा समेत सहयोग पुर्‍याउने जानकारी दिए । क्यानका सचिव पारस खड्काले राखेपद्वारा सुरु गरिएको लिग व्यवस्थापन डेस्कले लिग सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसीको संयोजकत्वमा प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहने गरी तीन सदस्यीय डेस्क गठन गरेको हो ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy