पोखरा प्रिमियर लिग हिमालय टिभी एचडीले प्रत्यक्ष प्रशारण गर्ने

  • विकेटनेपाल, भदौ २९ 

यही कार्तिक ९ देखि २० गते सम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टेलिभजन एचडीले गर्ने भएको छ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुरुप हिमालय टेलिभिजनले ३ बर्ष प्रशारण गरे बापत नगद र अन्य गरि ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ। अधिकार बापत हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको छ।

हिमालय टेलिभिजन पोखरा प्रिमियर लिगको अगाडी एचडी प्रबिधिमा जाने तयारीमा रहेको छ भने नयाँ ब्यबस्थापनको साथ अघि बढीरहेको छ। अनलाइनखबरका प्रमुख समेत रहेका धर्मराज भुसाल प्रमुख रहेको टिम हाल हिमालय टेलिभिजनको संचालन समितिमा आएको छ।

हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल

सम्झौता कार्यक्रममा बोल्दै हिमालय टिभीका अध्यक्ष भुसालले प्रतियोगिता गर्नको लागि हिमालय टिभी तयार रहेको बताउनु भयो –

“हिमालय टिभीको लागि यो गर्वको कुरा हो कि हामि पोखरा प्रिमियर लिग प्रत्यक्ष प्रशारण गर्नेछौ। नयाँ ब्यबस्थापनको साथ हिमालय टिभीलाई रि-लन्च गर्ने तयारी गरिरहेको बेला एचडीमा जानासाथै पीपीएललाई नेपाली जनतामाझ लिएर जान सक्छौ भन्ने बिश्वासका साथ यो निर्णय गरेका छौ।”

पोखरा प्रिमियर लिगले हालसम्म सहभागी हुने टिमहरुको नाम सार्वजनिक गरेको छैन। प्रतियोगितामा ६ वटा टिम सहभागी हुने जुन नेपालको बिभिन्न सहरहरुको नाममा हुनेछ।

यस अघि धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण एपीवान एचडीले गर्दै आएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy