पोखरा प्रिमियर लिग हिमालय टिभी एचडीले प्रत्यक्ष प्रशारण गर्ने

  • विकेटनेपाल, भदौ २९ 

यही कार्तिक ९ देखि २० गते सम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टेलिभजन एचडीले गर्ने भएको छ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुरुप हिमालय टेलिभिजनले ३ बर्ष प्रशारण गरे बापत नगद र अन्य गरि ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ। अधिकार बापत हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको छ।

हिमालय टेलिभिजन पोखरा प्रिमियर लिगको अगाडी एचडी प्रबिधिमा जाने तयारीमा रहेको छ भने नयाँ ब्यबस्थापनको साथ अघि बढीरहेको छ। अनलाइनखबरका प्रमुख समेत रहेका धर्मराज भुसाल प्रमुख रहेको टिम हाल हिमालय टेलिभिजनको संचालन समितिमा आएको छ।

हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल

सम्झौता कार्यक्रममा बोल्दै हिमालय टिभीका अध्यक्ष भुसालले प्रतियोगिता गर्नको लागि हिमालय टिभी तयार रहेको बताउनु भयो –

“हिमालय टिभीको लागि यो गर्वको कुरा हो कि हामि पोखरा प्रिमियर लिग प्रत्यक्ष प्रशारण गर्नेछौ। नयाँ ब्यबस्थापनको साथ हिमालय टिभीलाई रि-लन्च गर्ने तयारी गरिरहेको बेला एचडीमा जानासाथै पीपीएललाई नेपाली जनतामाझ लिएर जान सक्छौ भन्ने बिश्वासका साथ यो निर्णय गरेका छौ।”

पोखरा प्रिमियर लिगले हालसम्म सहभागी हुने टिमहरुको नाम सार्वजनिक गरेको छैन। प्रतियोगितामा ६ वटा टिम सहभागी हुने जुन नेपालको बिभिन्न सहरहरुको नाममा हुनेछ।

यस अघि धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रशारण एपीवान एचडीले गर्दै आएको छ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]