हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई १५ रनले पराजित गर्यो। उपाधिसंगै च्याम्पियन हिमालयनले एक लाख एघार हजार र उपविजेता स्टारले ५१ हजार रुपैयाँ प्राप्त गर्यो।

गुलरियाको कबर्डहल खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन जोडेको थियो। पहिलो विकेटका लागि दीपक बोहरा र आयुष्मान बम बिच २५ रनको साझेदारी भएको थियो। कप्तान दिपक बोहराले ११ बलमा ९ रन जोडे। हिमालयनका मिडल अडर ब्याटर पुरण बि.केले ४४ बलमा ३ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए। आयुष्मान बमले २१ बलमा ४ चौका प्रहार गर्दै २५ रन बनाए। हिमालयनले ३ विकेट रन आउट मार्फत गुमायो।

स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा १८ रन खर्चिएर २ विकेट तथा रुपेश बस्याल र पुरु भट्टराईले भने समान १/१ विकेट लिए।

१४६ रनको लक्ष्य पछ्याएको स्टारले सुरुवात फितलो गर्यो। स्टारले पहिलो पावर प्लेमा ४ विकेट गुमाउदै ३० रन जोडेको थियो। पाँचौ विकेटका लागि नन्दन यादव र कप्तान विशाल खत्री बिच ६८ रनको साझेदारी भएता पनि जितको लागि प्राप्त भएन। स्टार क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३० रन मात्र बनाउन सक्यो । स्टारका कप्तान विशाल खत्रीले ३८ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । नन्दन यादवले ३७ बलमा २९ रन जोडे।

हिमालयनका मध्य गतिका बलर कौशल रुपाखेतीले ४ ओभरमा ४२ रन खर्चिएर ४ विकेट लिएपछि हिमालयन च्याम्पियन बनेको थियो । दीपक चन्दले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। सगर भण्डारीले २ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट ब्याटर मनिष थापा भए। फाइनलमा पुर्याउन मनिषले ५ खेलमा १ सय २९ रन बनाएका थिए ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी हिमालयनका आयुष्मान बम भए। हिमालयनलाई उपाधि जिताउन उनले प्रतियोगिताभर सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १११ बलमा १५६ रन बनाएका थिए। प्रतियोगिताका उत्कृष्ट बलर नेशनल क्रिकेट एकेडेमीका विशाल पौडेल भए। पौडेलले प्रतियोगिताभर १२ ओभरमा ७४ रन खर्चिएर १० विकेट लिएका थिए। सर्वोत्कृष्ट खेलाडीले रु १० हजार प्राप्त गरे भने उत्कृष्ट ब्यटर र बलरले सम्मान रु ५ हजार प्राप्त गरे।

प्रतियोगितामा देशभरका ८ टोलीको सहभागिता थियो । नयाँ शिरा युवा क्लबको आयोजनामा दोस्रो पटक बर्दिया प्रिमियर लिग आयोजना भएको थियो।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]